ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग फ्रेन्च राजदूत इभकारमोनाले उहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो ।सो अवसरमा नगर प्रमुख महर्जनले ऐतिहासिक पाटन दरबार स्क्वायर भ्रमणमा आउने पर्यटकहरुको समायवधि बढाउनका लागि पूर्वाधार तयार गनुपर्ने, पाटनका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण सम्बद्र्धन गर्नका लागि आवश्यक सहयोग र समन्वय गरी अघि बढाउनुपर्ने कुरा औल्याउनुभयो ।त्यस अवसरमा राजदूत इभकारमोनाले दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने कुराको चर्चा गर्दै काठमाण्डौँ उपत्यकामा ट्राफिक जाम न्यूनिकरण गर्न केबल कारको सम्भाब्यता अध्ययन अघि बढाउने कुरामा जोड दिनुभयो ।
प्रवक्ता एवं वडा ९ अध्यक्ष
राजु महर्जन