समाचार
संक्षिप्त परिचय
ऐतिहासिक पृष्ठभ
धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक, मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित नेपालको सवैभन्दा पुरानो र काठमाण्डौं उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये एक नगर हो। अनुपम कलानगरीको रुपमा सुपरिचित यो नगर सफाई तथा अन्य कार्यहरु गर्न वि.सं. १९७५ पौष २ गते जारी भएको “पाटन सवाल“ बाट “छेमडोल अड्डा" को नामबाट सञ्चालन भई वि.सं. २००९ सालमा ललितपुर नगरपालिका, वि. सं. २०१८ सालमा ललितपुर नगर पञ्चायत, वि. सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि. सं. २०५२ सालमा ललिपुर उप-महानगरपालिकाको रुपमा रही नगरवासीहरुको सेवा र विकास निर्माणमा सदैव समर्पित रहदै आएकोमा २०७३ साल चैत्र १० गतेदेखि महानगरपालिकाको रुपमा आफ्ना सेवाहरु विस्तार गरी कार्य सम्पादन गर्दै आएको छ।
यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ। जस्तै यल, युपग्राम, ललितपत्तन, ललितापुरी, मानिङ्गल, पाटन आदि।साहित्यिक श्रोत र जनश्रुति अनुसार ललितपुर शहर किराँतकालमा नै स्थापना भैसकेको थियो । त्यसैले होला ललितपुरको अर्को नाम पहिलो किराँती राजा यलम्वरको नामबाट “यल“ राखिएको हो भन्ने भनाई पाइन्छ। जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरुको प्राचीन सम्वन्धसँग मेल खाने गरेको पाइन्छ। क्वालखु स्थित पट्को डोँ (किराँत दरवार), ८०० किराँती मारिएको ठाँउ भनि चिनिने च्यासल, हालसम्म पनि किराँतीहरु वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्बन्ध थियो भन्ने प्रष्ट हुन्छ ।
यस शहरको प्राचीनताको बारेमा प्रमाणित रुपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरुको अभाव छ। तर केही वंशावलीहरुले भारतका मौर्य सम्राट अशोक इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुनामा चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेको पाइन्छ। हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तूपहरु रहेका छन । जुन अशोक स्तूपको नामले प्रख्यात छन् ।
ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती वसिसकेको र एउटा मुख्य केन्द्रको रुपमा विकास भैसकेको कुरामा दुइमत छैन । लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले परिचित रहेको पाइन्छ। यसको पूर्व दिशामा दीपावती नगर (गुईत), दक्षिण दिशामा मतिनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरी (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको भनि वर्णन गरेको पाइन्छ । त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छवी कालका पुरातात्विक श्रोतहरु अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा पाइएकोले लिच्छविकालमा नै ललितपुर पूर्ण रुपमा विकास भैसकेको थियो भन्ने बुझिन्छ। यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालीन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बंगलामुखीको मातृकाहरुको मूर्ति, सिकबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरव मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि पाइएका कारणले पनि लिच्छविकालको युपग्रामको बनौट कलाकौशल रुपमा विकास भएको थियो भन्ने बुझिन्छ। हालसम्म यस ललितपुर महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरु पाइएका छन्। हालसम्म प्राप्त शिलालेखहरु मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई लिन सकिन्छ। त्यस्तै गरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र र्सवदण्डनायकको उल्लेख छ भने सम्वत् ६७ को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हटाइएको व्यहोरा पाइन्छ। यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो। यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रुपमा रहेको थियो। मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रुपमा विकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रुपमा रहेको पाइन्छ। त्यसैले आज यस नगरलाई City of Fine Arts को नामले चिनिन सफल भएको हो। ललितपुर नगरका भौतिक सम्पदाको प्राचीनता बारे धेरै अगाडिसम्म पुग्न सक्ने प्रमाणहरु नपाइएता पनि मल्लकालको पूर्वार्धमा बनेका सम्पदाहरु हालसम्म पनि जीवित नै रहेका छन् । वंशावली तथा अन्य केही स्रोतहरुले वरदेवको हजुरबाबुले (राज प्रसाद) दरबार बनाइएको र सन् ११७६ रुद्रदेवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरु पाइएको छ।

भौगोलिक
अवस्थिति अक्षांश २७.६२˚ देखि २७.६९ ˚ उत्तरी
देशान्तरः ८५.२९ ˚ देखि ८५.३६˚ पूर्वी
सिमाना पूर्वमाः महालक्ष्मी नगरपालिका
पश्चिममाः कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका
उत्तरमाः काठमाडौँ महानगरपालिका
दक्षिणमाः गोदावरी नगरपालिका
उचाइः समुन्द्री सतहदेखि सालाखाला १२८० मिटर माथि
क्षेत्रफलः ३६.१२ वर्ग कि.मि.
वडा विभाजनः २९
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो वडाः २२ (३.८८ वर्ग कि.मि.) र सबैभन्दा सानो वडाः १९ (०.१६ वर्ग कि.मि.)
जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो वडाः १४ (२२८४१ जना) र सबैभन्दा सानो वडाः ५ (३९७१ जना)
तथ्याङ्कीय जानकारी
जनसङ्ख्याः (२०७८ को जनगणना अनुसार)
कूल जनसङ्ख्याः २,९४,०९८महिलाः १,४७,३६८ पुरुषः १,४६,७३० घरधुरीः ७७,१५९
वडा नं. | घरधुरी | जनसङ्ख्या | पुरुष | महिला | जनघनत्व | क्षेत्रफल |
(प्रति व. कि.मी.=_ | (व. कि.मी.=_ | |||||
1 | 2046 | 7265 | 3839 | 3426 | 15104 | 0.481 |
2 | 4094 | 15743 | 8115 | 7628 | 14164 | 1.1115 |
3 | 3098 | 11376 | 5669 | 5707 | 6885 | 1.6523 |
4 | 4912 | 18188 | 8855 | 9333 | 8922 | 2.0383 |
5 | 983 | 3971 | 1901 | 2070 | 5201 | 0.7635 |
6 | 1297 | 5270 | 2756 | 2514 | 21723 | 0.2426 |
7 | 1329 | 5347 | 2671 | 2676 | 25486 | 0.2098 |
8 | 2606 | 9926 | 5042 | 4884 | 20761 | 0.4781 |
9 | 3468 | 12972 | 6542 | 6430 | 16897 | 0.7677 |
10 | 1613 | 5758 | 2990 | 2768 | 7557 | 0.7619 |
11 | 2491 | 9496 | 4951 | 4545 | 21046 | 0.4512 |
12 | 1522 | 6554 | 3244 | 3310 | 28758 | 0.2279 |
13 | 3956 | 14235 | 7001 | 7234 | 18947 | 0.7513 |
14 | 6149 | 22841 | 11209 | 11632 | 13276 | 1.7205 |
15 | 4414 | 16454 | 8199 | 8255 | 7214 | 2.2807 |
16 | 1876 | 7766 | 3791 | 3975 | 34903 | 0.2225 |
17 | 2893 | 10954 | 5507 | 5447 | 18202 | 0.6018 |
18 | 3567 | 13746 | 6778 | 6968 | 6854 | 2.0056 |
19 | 1367 | 5453 | 2702 | 2751 | 33598 | 0.1623 |
20 | 2470 | 9239 | 4637 | 4602 | 40469 | 0.2283 |
21 | 1235 | 5274 | 2646 | 2628 | 1664 | 3.1696 |
22 | 1940 | 7894 | 3891 | 4003 | 2030 | 3.8884 |
23 | 3205 | 11928 | 5983 | 5945 | 8116 | 1.4696 |
24 | 2252 | 9104 | 4498 | 4606 | 4134 | 2.2022 |
25 | 4346 | 16461 | 8000 | 8461 | 7790 | 2.1131 |
26 | 2057 | 7909 | 3882 | 4027 | 5103 | 1.55 |
27 | 1609 | 6290 | 3101 | 3189 | 4286 | 1.4675 |
28 | 2869 | 10778 | 5446 | 5332 | 5975 | 1.8037 |
29 | 1495 | 5906 | 2884 | 3022 | 4556 | 1.2962 |
जम्मा | 77,159 | 294,098 | 146,730 | 147,368 | 36.12 |
विश्व सम्पदा स्थ
युनेस्कोले विश्व सम्पदास्थल घोषित गरेका उपत्यकाका ७ क्षेत्र मध्ये एक “पाटन दरवार क्षेत्र“ यसै महानगरभित्र रहेको छ । यस वरपरका क्षेत्रमा रहेका सम्पदाहरुको सूची देहाय बमोजिम छन्
सुन्दरीचोकः यस चोक भित्र कलात्मक तुसाहिटी रहेको छ ।
ख.मूलचोकः यो पाटन दरवार क्षेत्रमा रहेको ३ प्रमुख चोकहरु मध्ये सबै भन्दा ठूलो चोक हो।
ग. मणिकेशव नारायण चोकः मल्लकालिन पाटन दरबारका तीन मुख्य चोकहरुमध्ये सबैभन्दा उत्तर तर्फ रहेको यो चोक सबैभन्दा पुरानो चोक मानिन्छ । राजा योगनरेन्द्र मल्लले यस चोकको बिचमा मणिकेशव नारायणको मन्दिर स्थापना गरेपछि यस चोकको नाम मणिकेशव नारायण चोक रहन गएको हो । यस चोकलाई चौक्वाठ दरबार भनेर पनि भनिन्थ्यो । स्थानीय जनश्रुति अनुसार यस स्थानमा दरबार निर्माण गर्नुभन्दा पहिले रत्नाकर नामक महाबिहार थियो, तर पछि पाटन दरबारको बिस्तार गर्ने क्रममा उक्त बिहारलाई अन्यत्र सारी सो स्थानमा दरबार निर्माण गरिएको थियो । उक्त कार्य लक्ष्मीकामदेवको समयमा (सन १०२४–१०४०) भएको थियो । यो चोकको वरिपरि उत्कृष्ट काष्ठकलाले भरिएको चारतल्ले भब्य भवन रहेको छ । बिक्रम सम्बत १७३१ ताका राजा श्रीनिवास मल्लको पालामा यस भवनको जिर्णोद्धार भएको थियो ।
घ. कृष्ण मन्दिरः दरवार क्षेत्रमा रहेको भगवान श्री कृष्णको यो मन्दिर १७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले वनाएका हुन्। शिखर शैलीमा निर्मित यो मन्दिर ढुङ्गाबाट निर्माण गरिएको छ। यो नेपालमा २१ गजुर भएको एक मात्र मन्दिर हो।
ङ. तलेजु मन्दिरः मुलचोकमा अवस्थित तलेजुको मन्दिर राजा सिद्धि नरसिंह मल्लले सन १६४० मा बनाउन लगाएका हुन् र पछि यो मन्दिर आगलागीबाट नष्ट भएपछि सन १६६७ मा राजा श्रीनिवास मल्लले पुनर्निर्माण गराएका हुन् भन्ने कथन छ ।
च. पाटन संग्रहालय पाटन संग्रहालय पाटन, ललितपुर, नेपालको एक संग्रहालय हो। यो संग्रहालय युनेस्कोको विश्व सम्पदा क्षेत्र अन्तर्गत पर्दछ। पाटन संग्रहालयको उद्घाटन स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहले सन् १९९७ मा गरेका थिए । पाटन संग्रहालयले नेपालको परम्परागत पवित्र कलालाई प्रख्यात वास्तुकलाको परिवेशमा प्रदर्शन गर्दछ।
ऐतिहासिक तथा धार्मिक स्थल
१. कुम्भेश्वर महादेव मन्दिरः कुम्भेश्वर महादेव मन्दिर ललितपुरको एक मात्र पाँचतल्ले मन्दिर हो। यो शिव मन्दिर वि.सं. १३९२ मा राजा जयस्थिति मल्लको पालामा निर्माण भएको हो। जनैपूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्दछ।
२. हिरण्यवरवर्ण महाविहारः तीन तल्ले प्यागोडा शैलीको यो मन्दिर शाक्यमुनी वुद्धको हो। स्वर्णमन्दिर नामले प्रसिद्ध यो महाविहार १२ औं शताब्दीमा राजा भास्कर देव मल्लले निर्माण गरेका हुन्।
३. महावौद्धः वि.सं. १५८५ मा निर्मित शिखर शैलीको यो मन्दिरलाई हजार वुद्धको मन्दिर पनि भनिन्छ। यो मन्दिरमा टेराकोटा कालिगडीको उत्कृष्ट नमूना देख्न पाइन्छ।
४. च्यासल स्थित ज्यापु समाज संग्रहालयःललितपुर महानगरपालिकाको वडा नं. ९ मा अवस्थित ज्यापु एकेडेमीको भवनमा स्थापना भएको ज्यापु संग्रहालयमा ज्यापु समुदायको दैनिक जनजीवन संग सम्बद्ध बिभिन्न सामाग्री लगायत ज्यापु समुदाय समेत सक्रिय रुपमा संलग्न भै संचालन हुने ललितपुरका नेवारहरुको बिबिध जात्रा पर्व आदीका बिषयमा जानकारी गराउने सामाग्रीहरुको संग्रह रहेको छ ।
५. सदर चिडियाखानाःजावलाखेल स्थित नेपालको एक मात्र चिडियाखाना यसै महानगर भित्र पर्दछ।
प्रमुख सम्पदास्थल
प्रमुख पोखरीहरुः | प्रमुख बौद्ध स्तुपहरुः | प्रमुख मठमन्दिरहरुः |
न्हु पोखरी | पुल्चोक अशोक स्तुपा | कृष्ण मन्दिर |
पिम्बहाल पोखरी | लगनखेल अशोक स्तुपा | तलेजु मन्दिर |
प्रयाग पोखरी | इबहि अशोक स्तुपा | भिमसेन मन्दिर |
जावलाखल पोखरी | टेटा अशोक स्तुपा | कुम्भेश्वर महादेव मन्दिर |
सप्त पाताल पोखरी | प्रमुख बौद्ध विहारहरुः | बंगलामुखी मन्दिर |
पूर्णचण्डी पोखरी | हिरण्यवर्ण महाबिहार | बालकुमारी मन्दिर |
कुमारीपाटी पोखरी | रुद्रवर्ण महाविहार | महालक्ष्मी स्थान |
धपाखेल नागदह | रत्नाकर महाबिहार | वटुक भैरव |
प्रमुख ढुङ्गेधाराहरुः | यशोधरा महाबिहार | श्री रातो मच्छिन्द्र नाथ (तःवहाल) |
सुन्धारा हिटी | जेष्ठवर्ण महाबिहार | श्री मिननाथ मन्दिर |
आल्को हिटी | धर्मकीर्ति महाबिहार | पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिर |
कोन्टि हिटी | दत्तनाम महाबिहार | महाबौद्ध |
च्यासः हिटी | गूणलक्ष्मी महाबिहार | हरिसिद्धि भवानी मन्दिर |
टंग हिटी | चक्रवर्ण महाबिहार | कार्यविनायक मन्दिर |
पुच्व हिटी | बज्राकिर्ति महाबिहार | रुद्रायणी मन्दिर |
जावलाखेल हिटी | रुद्रदेव महाबिहार | ह्याग्रीब भैरव मन्दिर |
लगनखेल हिटी | वैष्यवर्ण महाबिहार | रातो मच्छिन्द्रनाथ मन्दिर (बुंगमती) |
प्रमुख ढुङ्गेधाराहरुः | प्रमुख बौद्ध विहारहरुः | प्रमुख मठमन्दिरहरुः |
गुईटल हिटी | मयुरवर्ण महाबिहार | विश्वनाथ मन्दिर |
मंग हिटी | जय मनोहर महाबिहार | चारनारायण मन्दिर |
मण्डप हिटी | श्री बच्छ महाबिहार | हरिशंकर मन्दिर |
नारीचा हिटी | बलाधार महाबिहार | सिद्धिविनायक |
थपा हिटी | अक्षयश्वर महाबिहार | धुम्र विनायक |
सिन्चा हिटी | रक्षेश्वर महाबिहार | बालकुमारी, भञ्ज्याङ्ग |
नुःग हिटी | लोकाकिर्ति महाबिहार | सप्तऋषी |
त्यागः हिटी | नापीचन्द्र महाबिहार | हरिहर |
नारा हिटी | गोपीचन्द्र महाबिहार | आदिनाथ स्नान मण्डल |
नट्वा हिटी | ललितचन्द्र महाबिहार | शिव मन्दिर |
च्यावा हिटी | सप्तपुर महाबिहार | तछला देवि |
फुचो हिटी | पध्मोच्च महाबिहार | बत्सला देवि |
कोन्टिपुखु हिटी | राजश्री महाबिहार | अष्ट भुजा देवि |
वासा हिटी | मणिमण्डप महाबिहार | बुद्ध मन्दिर, थाना गाँऊ |
दथु हिटी | चन्द्रसूर्य महाबिहार | सत्य नारायण मन्दिर |
व्याचा हिटी | जयश्री महाबिहार | शंख नारायण मन्दिर |
अमृत हिटी | गुस्तल महाबिहार | सुर्यबिनायक, बाफल |
ईकुहिटी | लोक किर्ति महाबिहार | लोकेश्वर, धालछेँ |
हिकु हिटी | थवीर पात्र महाबिहार | इच्छावर्नेश्वर महोदव (गंचा महादेव) |
कुसुन्ती हिटी | कामुकनाम महाबिहार | नाथेश्वर महादेव, तेता |
वालिमा हिटी | इति राज महाबिहार | पुखुसि महादेव, त्यागल |
कनिवा हिटी | जेष्ठवर्ण महाबिहार | दश अवतार, मुननी |
सुब्बा हिटी | बसुच्च महाबिहार | शंखमूल मसान दीप |
चाकुपाट खटल गणेश मन्दिर | ||
तापाहिटी गणेश मन्दिर | ||
सैंठु गणेश मन्दिर | ||
कान देवता मन्दिर |