FAQs Complain Problems

स्वास्थ्य स्वयंसेवीहरुबाट जनप्रतिनिधिविहिन अवस्थामा पनि उत्कृष्ट काम भएको

विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५को उपलक्ष्यमा बुधवार ललितपुर महानगपालिकाले स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ । बुधबार महानगपालिकामा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान तथा प्रोत्साहन गरेर हौसला प्रदान गर्ने काम गरेको हो ।
उनीहरुले स्वास्थ्य क्षेत्रमा स्थानीयस्तरमा गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५ को उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै महानगरपालिकाका मेयर चिरीबावु महर्जनले स्वास्थ्यस्वयंसेवीहरुको सकरात्मक कामका कारण ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको सान बढेको भन्दै स्वयंसेवीहरुलाइ निश्वार्थपूर्वक सेवा गरेकोमा धन्यवाद समेत दिए । मेयर महर्जनले भने, ‘ स्वास्थ्य स्वयंसेवीहरुबाट जनप्रतिनिधिविहिन अवस्थामा पनि उत्कृष्ट काम भएको छ ।महानगरबासीहरुका लागि तपाईंहरुले उत्कृष्ट काम गर्नु भएको छ, यो कुनै धाम, तिर्थस्थलमा गएर पूजा पाठ गरेको भन्दा पनि उत्कृष्ट छ । त्यस्तो पूजापाठबाट प्राप्त हुने आशिर्वाद भन्दा १० औ गुणा बढि आशिर्वाद मिलेको छ ।’
मेयर चिरीबावु महर्जनले स्वास्थ स्वयंसेवीहरुले जनप्रतिनिधि विहिन भएको अवस्थामा पनि उल्लेख्य र महत्वपूर्ण काम गरेको भन्दै स्वास्थ स्वयंसेवीहरुको प्रशंसा समेत गर्न भ्याए । उनले स्वास्थ्य स्वयसेविकाका कारण नागरिकहरुमा स्वास्थ्य चेतना बढेको बताए । उनले भने , ‘ तपाईहरुको सक्रियताको हामी प्रसंसा गर्छौ । ’ उनले स्वयसेवकहरुलाई आफ्ना समस्याहरु नगरपालिकाको आएर भन्न अनुरोध गरे । समस्याको प्राथमिकिरण गरेर त्यसको समाधान जतिसक्दो छिटो गर्ने उनले बताए । प्रत्येक स्वयसेविका र स्वयसेवकहरुको हात हात प्राथमिक उपचार बक्स पुर्याउने बताए ।
त्यस्तै ललितपुर उपमेयर गीता सत्यालले स्वास्थ्य स्वयंसेवीहरु समाजको खम्बाको रुपमा स्थापित भएर रहेको उल्लेख गर्दै स्थानीय स्तरका स्वास्थ्य समस्याको बारेमा स्वास्थ्यस्वयंसेवीहरु जानकार हुने उल्लेख गर्दै स्वयंसेवकहरुले निश्वार्थ रुपमा गरेको सेवाको महानगरले उच्च मुल्यांकन गरेको वताइन् । उनले स्वास्थ्य चेतना जगाउन उनीहरुको महत्वपूर्ण भूमिका भएको स्पष्ट पार्दै स्वयसेविका कारण रोग र उपचारका बारेमा नगरबासी सुसुचित भएको बताइन् । स्वास्थ्य स्वयसेविकाले फैलाएको चेतनाका कारण महिला स्वास्थ्य र बालबालिकाको स्वास्थ्य अवस्था सुधार आएको दाबी गरिन् । उपप्रमुख सत्यालले स्वास्थ्य स्वयसेविकासँग बिरामीले आत्मियता देखाउने र आफ्ना समस्या खुलेर बताउने हुँदा नगरबासीको स्वास्थ्य अवस्था सुधार गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् ।
ललितपुर महानगरपालिकाका २९ वटा वडामा क्रियाशील ५६८ जना स्वयंसेवीहरुमध्येबाट महानगरले अवकाश प्राप्त ९ ६० वर्ष पुगेका० ५ जना, उत्कृष्ट महिला स्वयंसेविका ३४ जना, उत्कृष्ट स्वास्थ स्वयंसेवी २२ जना, HIV परामर्शकर्ता १ जना, TV Tracer १ जना, उत्कृष्ट वडा स्वास्थ्य कार्यान्वयन समिति ३० जनासमेत गरी ९३ जना स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ।
 

२०७५/०९/२४