FAQs Complain Problems

सूचना तथा समाचार

प्रेस विज्ञप्ती - ९८ औं स्थापना दिवस

प्रेश विज्ञप्‍ती

यस ललितपुर उप-महानगरपालिकाको ९८औं स्थापना दिवस आज मिति २०७३ पौष २ गते शनिबार बिभिन्‍न कार्यक्रमहरु संचालन गरी सम्पन्‍न भएको छ । बिहान ७:०० बजे करिब १५० भन्दा बढी सहभागीहरुले साईकल र्‍यालीमा भाग लिई डेढ घण्टाको साईकल यात्रा पुल्चोक - जावलाखेल - लगनखेल - टंगल - सुन्धारा – मंगलबजार - दरबार स्क्वार – क्वाल्खु - प्रभात स्कूल - पाटन ढोका - कृष्ण गल्ली हुँदै पुल्चोक नगरपालिका भवन रुटमा सम्पन्‍न भयो । उक्त साईकल र्‍यालीमा माननीयहरु, राजनैतिक दलका प्रतिनिधिहरु, जिल्ला प्रहरी प्रमुख, स्थानीय विकास मन्त्रालयका सहसचिव, ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत, वरिष्‍ठ अधिकृतहरु लगायत कर्मचारीहरु र पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो ।

ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रम बिहान ११:३० बजे प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेको अध्यक्षतामा प्रारम्भ भई बिभिन्‍न सूचना प्रविधि सम्बन्धी सेवा प्रवाहका विद्युतीय एप्लिकेशनहरुको औपचारिक समुद्‍घाटन प्रमुख अतिथि माननीय सांसद मदन बहादुर अमात्यज्यूबाट गरियो । जसमध्ये नक्सा पास प्रकृयामा विद्युतीय प्रणाली (Electronic Building Permit System – e-BPS) को प्रमुख अतिथिबाट उदघाटन गरी नमूनाको रुपमा नक्सा पासको प्रमाणपत्र तत्काल प्रिन्ट गरी वितरण गर्नुभयो । अब उपरान्त नक्सा पास प्रकृयामा विद्युती प्रणालीलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेज्यूले व्यक्त गर्नुभयो । उक्त e-BPS कार्यक्रमको लागि UNDP (CDRMP) बाट प्रविधिक सहयोग प्राप्त भएको हो । सो विद्युती प्रणालीको वेबसाइट – www.lsmcebps.gov.np रहेको छ ।

त्यसैगरी आजका मिति देखि "हाम्रो ललितपुर" नामक मोवाइल एपको आधिकारिक उद्‍घाटन समेत भयो । यस एप भित्र सफा ललितपुर, सुचना तथा समाचार, सार्वजनिक खरिद बोलपत्र सूचना, नागरिक बडापत्र, e-BPS, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, कर तथा शुल्क, नगर प्रहरी र आकस्मिक सेवा सम्बन्धी खण्ड रहेका छन् । सम्बन्धित नगरवसीले आफ्नो सेवा सम्बन्धी गुनासोहरु पनि उक्त एपबाट गर्न सकिने व्यवस्था छ । यस एप निर्माणको लागि यूरोपियन यूनियन (फोहोरमैला ब्यवस्थापनमा अभ्यास सुधार परियोजना) को सहयोग रहेको छ । यस एपको उपयोग गर्न सम्पूर्ण नगरवासीहरुमा अनुरोध गरिन्छ ।

उल्लेखित विद्युतीय प्रणालीले समयानुकुल सूचना प्रविधिको उपयोग गरी सेवाग्राहिहरुले सुसूचित हुने, घरमै बसेर कामको अवस्था बुझ्‍न सकिने र गुनासो समेत गर्न मिल्ने व्यवस्थाले सेवा प्रवाहमा थप प्रभावकारिता बढ्ने विश्‍वास लिइएको छ ।

ललितपुर उप-महानगरपालिकाको ९८औं स्थापना दिवसको औपचारिक कार्यक्रममा निरन्तर २५ बर्ष सेवा गरेका कर्मचारीहरु र यसै बर्ष ५८ बर्ष उमेर हदबाट अनिवार्य अवकास भएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

आजको यस कार्यक्रममा उपस्थित भई साईकल र्‍यालीमा सहभागी हुने महानुभावहरु, औपचारिका कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरी सहभागी हुनु भएका प्रमुख अतिथि लगायत अन्य अतिथिहरु एवं समपूर्ण उपस्थित महानुभावहरु, पत्रकारहरु र प्राविधिक सहयोग जुटाउने संघ संस्थाहरु र सम्पूर्ण कर्मचारीहरुलाई ललितपुर उप-महानगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

 

रुद्र गौतम

वरिष्‍ठ ईन्जिनियर / प्रवक्ता

Upload Date:
२०७३।९।२

नेपालकै जेष्‍ठ नगरपालिका ललितपुर उप-महानगरपालिकाको ९८ औं स्थापना दिवस यहि २०७३ पौष २ गते शनिबार ११:०० ललितपुर उप-महानगरपालिका कार्यालय भवनको प्राङ्गणमा विविध कार्यक्रम सहित मनाईने हुँदा उक्त कार्यक्रममा उपस्थितिको लागि सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

Upload Date:
२०७३।८।२९

Public Hearing Press Release

ललितपुर उप-महानगरपालिकाको आ.व. २०७३/७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई २०७३/०७/३० गते मंगलबारको दिन मच्छिन्द्र बहाल वडा नं १९ मा ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि श्री राजेश महर्जन, ने.क.पा एमालेका प्रतिनिधि श्री श्रीगोपाल महर्जन, ने.क.पा. माओवादी केन्द्रका प्रतिनिधि श्री बाबुराजा बज्रचार्य, रा.प्र.पा नेपालका प्रतिनिधि श्री नरेश कुमार श्रेष्ठ, रा.प्र.पा का प्रतिनिधि श्री केशव खड्का, ने.क.पा. मालेका प्रतिनिधि श्री राम प्रसाद भट्ट र महिला नगर समन्वय समितिका अध्यक्ष श्रीमती कौशल्या थापाको विशेष आतिथ्य रहेको थियो भने नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समितिरटोल विकास संस्था, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, वडा नागरिक मञ्चमका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

ललितपुर उप-महानगरपालिकाको सार्वजनिक निर्माण महाशाखाका प्रमुख प्रविण श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो र कार्यक्रमका सभापति एवं ललितपुर उप महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूले यस कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । सो कार्यक्रममा ललितपुर उप-महानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखले आ.व. २०७३र७४ को प्रथम चौमासिक भित्र गरेका सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । यस कार्यक्रममा ललितपुर उप-महानगरपालिकाको चौमासिक उपलब्धी जस्तै ७०५ उपभोक्ता समितिको गठन भएर कार्य प्रारम्भ भएको, आ.व. ०७३र२०७४ को प्रस्तावित आय रु ९,०१,६१३,००० रहेको छ जसमा कार्तिक २३ गते सम्मको आय रु २७,४७,५७,००० रहेको छ र व्यय रु ९०,१६,१३,००० जसमा २०५ पूँजीगत खर्च भैसकेको छ र सौर्य बत्ती ९२६ थानको टेन्डर गैसकेको जानकारी भयो ।

यस कार्यक्रममा जनताहरुले जिज्ञाशा उठाउनुका साथै सल्लाह र सुझावहरु पनि दिएका थिए । जनता तथा स्थानीय वासीहरुले प्राय सौर्य बत्ती जडान, ढलको व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण र लगनखेल बजार व्यवस्थापनको बारेमा सवाल उठाएका थिए । यि सवालहरुको जवाफ सम्बन्धित महाशाखा र शाखा प्रमुख एवं ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेले दिनुभएको थियो । साथै ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेले देखा परेका समस्याहरुलाई ललितपुर उप-महानगरपालिकाले सके सम्म चाँडै नै समाधान गर्ने वाचा गर्दै यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभई कार्यक्रम समापन गर्नुभयो ।

 

Upload Date:
२०७३।८।२

Pages