FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सवै प्रकारका लाभग्राहीहरूले मितिः- २०७३ साल श्रावण देखि मंसिर १५ गते भित्र वडा कार्यालयमा आई नविकरण गर्नुहोला। नविकरण नगर्ने लाभग्राहीहरूले पछिल्लो आर्थिक वर्षमा भत्ता पाउन सक्ने छैनन् । नयां नाम दर्ता गराउन चाहने जेष्ठ नागरिकले आ.व.०७३।०७४ को अवधि भित्र र ०७४।०७५ को फाल्गुन मसान्त सम्म उमेर पुग्नेले पनि मितिः- २०७३ साल श्रावण देखि मंसिर १५ गते भित्र दरखास्त दिन पाउने । ०७३।०७४ भित्र उमेर पुग्नेले ०७४ श्रवण १ गते वाट, ०७४।०७५ मा उमेर पुग्नेले उमेर पुगेको चौमासिक भन्दा पछिल्लो चौमासिकवाट भत्ता पाउने । लोपोन्मुख आदिवासी जनजातीले मितिः- ०७३ श्रावण देखि मंसिर १५ गते भित्र दरखास्त दिनुपर्ने,  अन्य लाभग्राहीहरूले आफ्नो प्रमाण सहित जहिले सुकै वडा कार्यालयमा आई नाम दर्ता गर्न सक्ने, नाम दर्ता गरेको पछिल्लो चौमासिक देखि भत्ता पाउने साथै प्रथम चौमासिक असोज १ गतेवाट, दोश्रो चौमासिक माघ १ गतेवाट र तेश्रो चौमासिक जेष्ठ १ गतेवाट भत्ता वितरण गरिने व्यहोरा सवैमा जानकारीकोलागि अनुरोध गरिन्छ ।

 

Upload Date:
२०७३।५।१२

ललितपुर उप-महानगरपालिका कायार्लयबाट आ.व. ०७२/७३ मा सञ्‍चालन भएका योजना कार्यक्रमको वार्षिक प्रगति समीक्षा निम्‍न मिति, समय र स्थानमा आयोजना गरिने भएकाले उक्त कायर्क्रममा नगरका राजनीतिक प्रतिनिधि, क्रियाशील उपभोक्ता समिति, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, टोल सुधार सिमित, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सञ्‍चारकर्मी लगायत सरोकारवाला सबैको उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मितिः २०७३ भाद्र १५ गते, बुधबार
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

Upload Date:
२०७३।५।८

ललितपुर उप-महानगरपालिकामा बुझाउनु पर्ने चालु आ.व. २०७३/७४ को मालपोत, घर जग्गा कर तथा व्यवसाय कर यही २०७३ श्रावण मसान्त भित्र बुझाएमा नगरपालिकाको निर्णयानुसार ५% छुट हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । समय मै कर चुक्ता गरी छुटको सुविधा लिनुहोस् ।

Upload Date:
२०७३।४।४

आर्थिक वर्ष ०७३/०७४ का लागि नगद काउण्टर, घरजग्गा कर, व्यवसाय कर तथा मालपोत लगायत अन्य आम्दानी शिर्षकहरुको लगत अध्यावधिक तथा सफ्टवेयर अपडेट गर्नुपर्ने भएकोले मिति ०७३/०४/०१ गते देखि ०७३/०४/०५ गते बुधवार सम्मका लागि मालपोत, घरजग्गा कर, व्यवसाय कर लगायत अन्य नगद संकलन कार्य बन्द गर्नुपर्ने भएकोले यसबाट करदाता तथा सेवाग्राही महानुभावहरुलाई पर्न जाने असुविधा प्रति हामी क्षमा प्रार्थी छौं ।

Upload Date:
२०७३।४।२

ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

ललितपुर उप-महानगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७२/७३ को हाल सम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्‍न मिति, स्थान र समयमा यस आ.व. को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मितिः २०७३ असार ३० गते, बिहिवार
समयः दिनको १:०० बजे
स्थानः सरस्वती युवा परिवारको हल,
ठाडोढुङ्गा, याउलाखेल, वडा नं ३ ।

Upload Date:
२०७३।३।२१

Pages