FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर उप-महानगरपालिकाको २५ औँ नगरपरिषदबाट पारित बजेट,नीति तथा कार्यक्रम बारे प्रेस विज्ञप्ती
मितिः २०७३/०९/२८
ललितपुर उपमहानगरपालिकाको २५ औँ नगरपरिषदको बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम आज मिति २०७३/९/२८ गते उप-महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूको अध्यक्षतामा  र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका मन्त्री माननीय हितराज पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय सांसदहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व नगर प्रमुख, उपप्रमुख लगायत नगरका विभिन्न संघसंस्था, नगरवासी, पत्रकारहरु र कर्मचारीहरुको बाक्लो उपस्थितिमा प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूले आ.व. ०७४/०७५ का लागि रु. १ अर्ब २० करोड ९३ लाख २३ हजारको बजेट सार्वजनिकिकरण गर्नुभयो र चालु आ.व. ०७३/०७४ को लागि विनियोजित बजेट रु ९० करोड रहेको छ जस अनुसार चालु आ.व. को तुलनामा आ.व.०७४/०७५ को बजेट प्रस्ताव ३५% ले बृद्धि भएको छ ।
आ.व. ०७४/०७५ मा स्वीकृत बजेट, नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि महत्वपूर्ण नीतिहरु र प्राथमिकताका क्षेत्रहरु निर्धारण गरिएका छन् । सार्वजनिक सेवा प्रवाहमा सुधार, वैकल्पिक उर्जामा लगानी, संस्कृति सम्पदा संरक्षण र पुन निर्माणमा जोड, वातावरण मैत्री स्थानीय शासन एवं पूर्ण सरसफाई अभियान, बालमैत्री स्थानीय शासन व्यवस्था उन्मुख, सामाजिक समावेशी विकासमा जोड दिन बजेटको प्राथमिकताका क्षेत्रहरु छन् । त्यसै गरी नगर यातायात गुरुयोजनाका आधरमा सडक निर्माण गर्ने, शहरी हरियाली प्रवर्द्धन गर्न निजी क्षत्रसँग सहकारी गर्ने, कुपन्डोल-जाउलाखेल-लगनखेल सडकलाई सफाई, हरियाली,सोलार बत्ती,अपाङ्ग मैत्रीको दृष्टिबाट नमुना सडक निर्माण गर्ने, पर्यटकलाई सुविधा दिन पुल्चोक मंगलबजार विद्युतीय सवारी संचालन गर्ने र मंगलबजारको शौचालय पुन निर्माण गरी सुविधा सम्पन्न गराउने, होमस्टेलाई प्रवर्द्धन गर्ने, प्रत्येक टोल सफाई अभियान र पुरस्कारको व्यवस्था गर्ने नीतिहरु लिईएको छ । भूकम्प पीडितलाई नक्सा पास गर्दा लाग्ने सम्पूर्ण दस्तुर मिनाह गरिएको छ । उप-महानगरपालिकाको भवन र क्रमश वडा कार्यालयहरुलाई Free WiFi zone बनाईने छ । ३० वटै वडामा महिला शशक्तिकरण समूह गठन गरी सीप विकास गरिने, एकल महिला, जेष्ठ नागरिकहरुको सूरक्षा, सम्मान, युवाहरुलाई स्वःरोजगारमा प्रेरित गर्न नीतिहरु अबलम्बन गरिएका छन् । त्यसै गरी जन स्वास्थ्य, विपद व्यवस्थापन, सुशासन प्रवर्द्धन, सार्वजनिक निजी साझेदारी, राजश्व प्रशासन सम्बन्धि विभिन्न नीतिहरु अबलम्बन गरिएका छन् ।
कूल १ अर्ब २० करोड ९३ लाख २३ हजार बजेट बाडफाँड यस प्रकार छ । आय तर्फः नेपाल सरकारबाट प्राप्त हुने रु ५५ करोड ७५ लाख २३ हजार, आन्तरिक स्रोतबाट ३७ करोड १८ लाख, राजश्व बाडफाँड रु ३ करोड, वैदेशिक स्रोत रु १२ करोड ५० लाख सहभागिता र मौज्दात रु ७ करोड ५० लाख । व्यय तर्फः प्रशासन खर्च १६ करोड ५० लाख , फोहोर मैला व्यवस्थापन रु १० करोड, पूर्वाधार विकास तथा सडक निर्माणमा रु ४५ करोड २५ लाख, सम्पदा संरक्षणमा २ करोड ५० लाख, खानेपानी सुधारमा रु ५५ लाख, फोहार मैला आयोजक (World Bank) रु ४ करोड ५० लाख रहेको छ ।
उल्लेखित बजेट, नीति र कार्यक्रममा सम्पूर्ण नगर वासीहरुको सहभागिता, सहयोग र सहकार्य रहने र अन्य सबै सरोकारवालाहरुबाट सकारात्मक सहयोग प्राप्त भै ललितपुर नगरलाई स्वच्छ, सफा, साँस्कृतिक र पर्यटकीय नगर निर्माण गर्ने कार्य अगाडि बढ्ने विश्वास लिईएको छ ।

रुद्र गौतम
वरिष्ठ इन्जिनियर तथा प्रवक्ता

Upload Date:
२०७३।१०।३

ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।

मितिः २०७३ पौष २८ गते बिहिबार
समयः दिउँसो ११:३० बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको प्राङ्गण

Upload Date:
२०७३।९।२२

Pages