FAQs Complain Problems

वडा नं ९

Body: 

वडाको परिचय  :  

१. ऐतिहासिक पृष्ठिमूमि
धार्मिक,सांस्कृति एवं ऐतिहासिक , मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचिन तथा महत्वपूर्ण ३ नगर मध्ये सर्व प्राचिन नगर हो ।
काठमाण्डौं उपत्यकाको प्रशिध्द तीन शहरहरु मध्ये ललितपुर सबैभन्दा पुरानो शहर मानिन्छ । जसमा प्राचिन समयदेखि नै बस्ती बसिसकेको एउटा केन्द्रको रुपमा विकास भैसकेको कुरामा दुईमत छैन । मध्यकालको बौध्द धर्म र संस्कृतिको केन्द्रको रुपमा बिकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रुपमा रहेको रुपमा यस नगरलाई City of Fine Arts को नामले चिनिन सफल भएको छ ।
यस नगर ललितपुर महानगरपालिका नेपालको जेष्ठ नगरपालिका हो । यस शहरलाई विकास गर्नको निमित्त यस नगरपालिकालाई विभिन्न २९ वडाहरुमा विभाजन गरिएको छ । जसमध्ये ऐतिहासिक मठमन्दिर,पाटी र ढुंगेधाराहरुको प्रसिध्दिको रुपमा रहेको वडा नं ९शंखमुल,देवनगर,गस्छें ,च्यासल,कोवहाल,धुम्वहाल,भेलाछें,क्वेलाछी,खपिन्छें ,लोंल,भोलढोका,सप्तखेल,बालकुमारी आदी टोलहरु पर्दछ ।यस वडाको कार्यालय भोलढोका स्थित आफ्नै भवनमा रहेको छ ।
यस वडाका विशेष गरी नेवार जाती बसोवास गरेका छन् ।जीविकोपार्जनको लागि वडाका वासिन्दाहरुले व्यापार कृषि,हस्तकला,नोकरी र अन्य पेशाहरु अपनाएका छन् ।
२. भौगोलिक अवस्थिति –सिमाना)
यहांको तापक्रम सरदर अधिकतम ३२ डिग्री सेल्सियस न्यूनतम माइनस २ डिग्री सेल्सियससम्म रहने गर्दछ ।वडाका उत्तरतर्फ वागमति खोला दक्षिणमा र पक्षिमतर्फ १२ बडा र पुर्वमा महालक्ष्मी नगरपालिकासंग जोडिएकोछ ।९ नं. वडा समुन्द्र सतहवाट करीव १३३० मिटरको उचाइमा अवस्थित छ ।

सम्पर्क : ५५३०१७२

Supporting Documents: