FAQs Complain Problems

आर्थिक वर्ष २०७२/०७३ को दोश्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको प्रतिवेदन

ललितपुर उपमहानगरपालिकाले आ.व.०७२/०७३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइको कार्यक्रम सञ्चालन गर्नका लागि सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ ले ब्यवस्था गरे अनुसार कार्यक्रम सञ्चालन गर्नका लागि एकिकृत समाज बिकास नेपालसंग प्राविधिक सहयोगका लागि सम्झौता गरेको थियो। उक्त कार्यक्रम २०७२ साल फागुन ३० गते ललितपृर उपमहानगरपालिकाको १६ नम्बर वडाको नागवहालमा सम्पन्न भएको थियो सो कार्यक्रममा २५८ जनाको सहभागिता थियो । कार्यक्रममा नगरपालिकाको सेवा सुविधाका बारेमा जिज्ञासा एवम पृष्ठपोषणका लागि ३४ जना सहभागिले कार्यक्रममा नगरपालिकाको फोहरमैला व्यवस्थापन, सार्वजनिक सुनुवाई कार्यक्रममा न्युन उपस्थिती,बाटो बिस्तार, मठमन्दिर, पोखरी, तलाउ, सांस्कृतिक धरोहरका महत्वपुर्ण स्थलहरु, महिला स्वयंसेविकाको मासिक भत्ता, भुकम्प बाट क्षतीग्रस्त शहरको पुर्ननिर्माण, सार्वजनिक जग्गा अतिक्रमण,स्थानीय निकायमा कार्यबोझ भएकोले कर्मचारी थप लगायत विभिन्न जिज्ञासाहरु उठेका थिए ।
त्यसैगरि स्थानिय स्तरका सेवाग्राहिहरुको सहभागितात्मक पद्दति अनुसार गरिएको सर्वेक्षणको नतिजाको आधारमा प्राप्त सुझाव तथा गुनासोको कार्यान्वयन गर्ने प्रतिवद्धता सम्बन्धित शाखा, महाशाखा तथा कार्यकारी अधिकृत श्री भरतमणी पाण्डेज्यु बाट भएको थियो । उक्त कार्यक्रम एकिकृत समाज बिकास नेपाल (USD Nepal) को सहजिकरणमा सम्पन्न भएको थियो ।