FAQs Complain Problems

ललितपुर महानगरले स्थापना गर्यो, पाँच करोडको राहत कोष 

ललितपुर : ललितपुर महानगरपालिकाले पाँच करोड रुपैयाँको कोरोना भाइरस (कोभिड —१९) राहत कोष स्थापना गरेको छ । महानगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन उक्त समितिको संयोजक हुनुहुन्छ । उक्त कोषबाट नै कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण काम गर्न नपाएका दैनिक ज्याला मजदुरी गर्नेलाई राहत उपलब्ध गराउने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकालमा लकडाउनका कारण कोही भोकै पर्न नहुने बताउनुभयो । वडा वडामा प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने महानगरपालिकाले जनाएको छ । अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुन निवेदन दिन आव्हान गरेको थियो । यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै नेपाल सरकारले गरेको लडडाउनका कारण उद्योग, कलकारखाना बन्द छन् ।

 

२०८६/१२/२३