FAQs Complain Problems

वडा नं ५

Body: 

वडाको परिचय  :  

१. ऐतिहासिक पृष्ठिमूमिः
धार्मिक सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये सर्व प्राचीन नगर हो ।
   काठमाडौं उपत्यकाको प्रशिद्ध तीन सहरहरु मध्ये ललितपुर सबैभन्दा पुरानो शहर मानिन्छ । जसमा प्रचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रुपमा विकास भइसकेको कुरामा दुईमत छैन । मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रुपमा रहेको यस नगरलाई City Of Fine Arts को नामले चिनिन सफल भएको हो ।
  यस नगरको ललितपूर महानगरपालिका नेपालको जेष्ठ नगरपालिकालाई विभिन्न २९ वटा वडाहरुमा विभाजन गरिएको छ जसमध्ये वडा नं. ५ मा महालक्ष्मी स्थान, थसिखेल, रिजाल बस्ती,सुन्दर टोल,कैलाश टोल,ढुङ्गाना टोल,कैलाश बस्ती,दक्षिणकाली,ए.भि.एम.चोक,नारायण भवन चोक,कुमारीपाटी, हरित पार्क,सिद्घि विनायक चोक, लोकेश्वर,जगनाथ मनिदर,उत्तर बगैचा टोल आदी टोलहरु पर्दछन्र । यस वडाको कार्यालय लगनखेल स्थित आफ्रनै भवनमा रहेको छ ।
  यस वडामा बहु जातीय वर्गका जाती बसोबास गरेका छन । जिविकोपार्जनको लागि यस वडाका बासिन्दाहरुले ब्यापार, कृषि, हस्तकला, नोकरी र अन्य पेशाहरु अपनाएका छन् । 
  यस वडाका बिद्यालयको रुपमा निजि विद्यालय १०,कलेज १२ र मन्टेशरी ३ वटा रहेका छन् । यहा“को तापक्रम सरदर अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहने गर्दछन् ।
२. भौगोलिक अवस्थिति –सिमानाः
यस वडाको उत्तरमा वडा नं. १९  दक्षिणमा १४, पूर्वमा  १५ र पश्चिममा ४  रहेका छन् । 

सम्पर्क : ५००४०७५