समाचार
फ्लाइ अाेभर सम्बन्धी छलफल
ललितपुर महानगरपालिका अमूर्त सम्पदाले भरीपूर्ण महानगरको रुपमा परिचित छ । बर्षेनि ठूलो संख्यामा विश्वभरका पर्यटकहरुको यस महानगरको मौलिक परम्परा र संस्कृति हेर्न आउने गर्दछन् । तर यस महानगरपालिका भित्र अवस्थित मौलिक, सांस्कृति र परम्परागत महत्वले भरिपूर्ण स्थानहरुको भ्रमणको क्रममा पर्यटकहरुले अव्यवस्थित सडक र यातायातको कारणले समस्या भोग्नु परिरहेको छ, राष्ट्रकै प्रमुख क्षेत्रको रुपमा रहेको यस पर्यटन क्षेत्रले आसातित उपलब्धी हाँसिल गर्न सकिरहेको छैन ।
सोही समस्यालाई न्यूनिकरण गरि भविष्यमा निर्मूल गर्न अत्यावश्यक देखिएको छ । जसलाई सम्बोधन गर्न मिति २०७४ श्रावण ५ गते बिहीबारका दिन महानगर प्रमुखज्यूको कार्यकक्षमा जाईकाको उच्चस्तरीय प्रतिनिधिमण्डल र महानगरपालिकाको तर्फबाट नगर प्रमुख चिरीबाबु महर्जन, उप प्रमुख गीता सत्याल , कार्यकारी अधिकृत र वरिष्ठ ईन्जिनियर रुद्र प्रसाद गौतमको उपस्थितिमा संयुक्त बैठक सम्पन्न भएको छ । उक्त बैठकमा पुल्चोक देखि कुपण्डोलसम्म निर्माण गर्न भनिएको फ्लाई ओभर निर्माण गर्न आवश्यक अध्ययन गर्ने सम्बन्धमा बृहत छलफल भएको छ ।
राजु महर्जन
वडा नं ९ अध्यक्ष एवं प्रवक्ता
ध