FAQs Complain Problems

"कर वर्ष २०७४" अवसरमा भारी कर तथा जरिवना छुटकाे सुनाैलाे अवसर

सूचना   !!      सूचना  !!     सूचना !!
“कर बर्ष २०७४” को उपलक्ष्यमा आ.ब. २०७४÷०७५ भरी नै मालपोत, घर जग्गा तथा व्यवसाय करमा भारी छुटको व्यवस्था गरिएको जानकारी गराउँदै समय भित्र कर बक्यौता चुक्ता गर्नुहुन हार्दिक अपिल गर्दछ ।
   हालको व्यवस्था अनुसार मालपोत, घर जग्गा तथा व्यवसाय करको जम्मा बक्यौता रकममा १०५ छुट गरिएको र बिगतका बर्षहरुको बाँकी बक्यौतामा नियमानुसार लाग्ने जरिवाना शत प्रतिशत छुट गरिएको जानकारी गराईन्छ । 
    साथै महानगरबासीहरुको सुविधाको लागि २०७४ श्रावण ९ गते सोमबारबाट बिहान ७ः०० बजे देखि बेलुकी ७ः०० बजे सम्म मालपोत काउण्टर खुल्ला रहने व्यवस्था गरिएको पनि यसै सूचना मार्फत जानकारी गराईन्छ ।

राजु महर्जन
प्रबक्ता, ललितपुर महानगरपालिका

२०७४।०४।२३