FAQs Complain Problems

अार्थिक वर्ष २०७३/७४ काे दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाई

ललितपुर महानगरपालिकाले आ.व.०७३/०७४ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाईको कार्यक्रम सञ्चालन स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ ले ब्यवस्था गरे अनुसार २०७३ साल फाल्गुन ३० गते सोमबारका दिन ललितपुर महानगरपालिकाको सुनाकोठी चपाफल ,वडा नं.२७ मा महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न गरिएको थियो । 
        उक्त कार्यक्रममा महानगरपालिका भित्रका उपभोक्ता समिति,टोल सुधार समिति/टोल विकास संस्था,क्लव,गैरसरकारी संस्थाका प्रतिनिधि,सामाजिक अगुवा,वडा नागरिक मञ्चका प्रतिनिधि,नागरिक सचेतना केन्द्रका प्रतिनिधि,महिला समूहका प्रतिनिधिहरु र राजनैतिक दलका व्यक्तिहरु गरीे जम्मा १११ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा महानगरपालिकाको सेवा सुविधाका बारेमा जिज्ञासा एवं पृष्ठपोषणका लागि ९ जना सहभागीले कार्यक्रममा महानगरपालिकाको फोहरमैला व्यवस्थापन,ढल व्यवस्थापन, बाटो बिस्तार, मठ मन्दिर, पोखरी, तलाउ, सांस्कृतिक धरोहरका महत्वपुर्ण स्थलहरु, सार्वजनिक जग्गा अतिक्रमण लगायत विभिन्न जिज्ञासाहरु उठेका थिए । त्यसैगरि स्थानीय स्तरका सेवाग्राहीहरुको सहभागितात्मक पद्धति अनुसार गरिएको सर्वेक्षणको नतिजाको आधारमा प्राप्त सुझाव तथा गुनासोको कार्यान्वयन गर्ने प्रतिवद्धता सम्बन्धित महाशाखा प्रमुखबाट भएको थियो । उक्त कार्यक्रम नागरिक समाज संस्था बालबालिका तथा महिला बचाउ अभियान नेपाल (CAWS Nepal) को सहजिकरणमा सम्पन्न भएको थियो । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका अतिथि लगायत सरोकारवालाहरुलाई ललितपुर महानगरपालिकाको सामुदायिक तथा समाज कल्याण महाशाखाका प्रमुख श्री प्रेम बहादुर थापा ज्यूले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाको सार्वजनिक निर्माण महाशाखा प्रमुख प्रविण श्रेष्ठ ज्यूले सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाको महाशाखा र शाखा प्रमुखज्यूहरुले आ.व.०७३/७४ को दोस्रो चौमासिक भित्र गरेका सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो । सेवा प्रवाहको प्रस्तुतीकरण  पछि उपस्थित सरोकावालाहरुवाट गुनासो तथा प्रश्न लिई महानगरपालिका महाशाखा प्रमुखज्यूहरुले जिज्ञासा तथा प्रश्नहरुको सम्वोधन गर्नु भएको थियो । सेवा प्रवाहको प्रस्तुतीकरण  निम्ननुसार रहेको छ ।