ललितपुर महानगरपालिकाको सम्पदा सम्बन्धि प्रेस विज्ञप्ती
आज मिति २०७५ कार्तिक २० गते मंगलबार ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी आज एक समारोह बीच ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन भएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटिको लागी […]