प्रहरी – बिद्यालय सम्पर्क कार्यक्रम सम्बन्धमा – श्री ललितपुर महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक बिद्यालयहरु, ललितपुर |
ललितपुर महानगरद्वारा सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दै
ललितपुर, चैत ३ । ललितपुर महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्र्ने भएको छ । दोस्रो नगरसभाबाट पारित निर्णय अनुरुप महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली लागू गर्न लागेको हो । महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न यो प्रणाली भित्¥याउन लागेको मेयर चिरीबाबु महर्जनले वताएकान […]
ललितपुरको तीन वटा विद्यालयमा रोबोटबाट पढाइ सुरु
ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको विषयका आधारमा विद्यार्थीले […]
ललितपुर महानगरको तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित
ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो । […]
ललितपुर महानगरको आँगनमा एटीएम पँधेरो ! मन्त्री मगर र उपमेयरद्धारा वटुवालाई पानी
ललितपुर , २१ फागुन । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको हो । मंगलबार खानेपानी मन्त्री बिना मगरद्धारा उद्घाटन भएको यो ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन पाइन्छ।काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको लागनीमा ‘वाटर एटीएम’ पानी पंधेरो सञ्चालनमा आएको […]
मेयर फोरमको दोस्रो बैठक सम्पन्न, तेस्रो बैठक किर्तिपुरमा हुने
ललितपुर÷२८ फागुन, काठमाण्डौ र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो । बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको […]
ललितपुर महानगरपलिकाको पर्वतारोही कल्पना महर्जनको (Back to Everest: A Campaign against Child Marriage-2019) सम्बन्धि प्रेस विज्ञप्ती
ललितपुर महानगरपलिकाको पर्वतारोही कल्पना महर्जनको (Back to Everest: A Campaign against Child Marriage-2019) सम्बन्धि प्रेस विज्ञप्ती
पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित
नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री कारिन क्नायसल्ले बिहीबार ललितपुरको पाटन दरबार संग्राहलयको अवलोकन गरेकी छिन् । उनले ललितपुर अत्यन्तै सुन्दर सहर भएको बताउँदै यसले आफू प्रभावित भएको बताइन् । अर्को पटक नेपाल आउँदा ललितपुर आउन नछुटाउने उनले बचन दिइन् । अवलोकनका क्रममा उनले सुन्दरीचोक, मूलचोक, केशवनारायणचोक , ट्रेजर पोखरी लगायत पाटन दरबार […]
ललितपुर महानगरद्धारा वाङमय शताब्दी पुरुषको जन्म शताब्दी महोत्सवका विशेष कार्यक्रम सार्वजनिक
ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताव्दीको अवसरमा एक वर्षभरि गर्ने महत्वपूर्ण कार्यक्रमहरु सार्वजनिक गरेको छ। वाङमय शताब्दी पुरुष जोशीको जन्म शताव्दी महोत्सवको रुपमा एक वर्षभरि मनाउने बारेमा जानकारी दिन बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महानगरले विभिन्न १७ वटा कार्यक्रमहरु सार्वजनिक गरेको छ। जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पुरा भई १ […]
नगरपालिकाद्धारा स्वास्थ्यसेवी सम्मानित
काठमाडौं : ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्य स्वयसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यरत स्वास्थ्य स्वयसेवी र उमेरहदका कारण अवकाश प्राप्त स्वास्थ्य स्वयसेवी रहेका छन् । ६० वर्ष पुगेपछि उनीहरुले क्रियाशील स्वयसेविकाबाट अवकाश पाउँछन् । विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५को अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान […]
स्वास्थ्य स्वयंसेवीहरुबाट जनप्रतिनिधिविहिन अवस्थामा पनि उत्कृष्ट काम भएको
विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५को उपलक्ष्यमा बुधवार ललितपुर महानगपालिकाले स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ । बुधबार महानगपालिकामा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान तथा प्रोत्साहन गरेर हौसला प्रदान गर्ने काम गरेको हो ।उनीहरुले स्वास्थ्य क्षेत्रमा स्थानीयस्तरमा गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।विश्व स्वयंसेवक […]