यस कार्यालयको लागी आवश्यक तपसिल बमोजिम स्पेशिफिकेशन भएको दमकल र एअर कम्प्रेसर मेशिन खरीदको लागी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार पार्ने प्रयोजनार्थ कम्पनी दर्ता प्र. पत्रको प्रतिलिपि, VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व.०८१/८२ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र नेपालका कुनै १ (एक) सरकारी निकायमा दमकल आपुर्ति गरेको अनुभव पत्रको प्रतिलिपि सहित ७(सात) दिन भित्र दररेट उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागी यस कार्यालय अन्तर्गत खरीद ईकाईमा सम्पर्क गर्नहुन समेत अनुरोध गरिन्छ ।
