• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    Notice of invitation to bid for auction sale.

    Shrawan 23, 2082

    सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना
    प्रथम पटक सूचना प्रकाशित मितिः २०८२/०४/२३

    यस महानगरपालिका कार्यालयमा मौज्दातमा रहेका लिलाम विक्री गर्नु पर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहायका शर्तहरुको अधिनमा रहि बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
    १. ईच्छुक बोलपत्रदाताहरुले ललितपुर महानगरपालिका कार्यालयको जिन्सी व्यवस्थापन केन्द्रबाट आवश्यक जानकारी हासिल गर्ने वा बोलपत्र सम्बन्धी कागजात हेर्न तथा खरिद गर्न सकिनेछ।
    २. ईच्छुक बोलपत्रदाताले बोलपत्र प्रकाशित भएको मितिले २१ औं दिन अर्थात मिति २०८२/०५/१२ गते कार्यालय समय भित्र फिर्ता नहुने गरी नेपाल बैंक लिमिटेडमा ललितपुर महानगरपालिकाको नाममा रहेको राजश्‍व खाता नं. ०१८०३०००००१००१०००००१ को कार्यालय कोड नं. ११२६०३० राजश्‍व शिर्षक नं. १४२२९ मा बुझाई सक्कल राजश्‍व दाखिला भौचर सहित बोलपत्रदाताको फर्म दर्ता प्रमाणपत्र वा व्यक्ति भएमा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न राखी बोलपत्र फाराम खरिदको लागि निवेदन पेश गर्नु पर्नेछ ।
    ३. बोलपत्र प्रथम पटक प्रकाशित भएको मितिले २२ (बाईसौं) दिन मिति २०८२/०५/१३ गते दिनको १२.०० बजे भित्र यस महानगरपालिका कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ।
    ४. कार्यालयमा दर्ता भएका बोलपत्रहरु २२ (बाईसौं) दिन दिनको २.०० बजे उपस्थित भएका बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा यस महानगरपालिका कार्यालयमा खोलिनेछ। तर बोलपत्रदाताहरु वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मात्र बोलपत्र खोल्न बाधा पर्ने छैन।
    ५. लिलाम बिक्री हुने सम्पत्ति तथा जिन्सी मालसामान हेर्न चाहने बोलपत्रदाताले कार्यालय खुलेको दिन अपरान्ह १.०० बजेदेखि ४.०० बजेसम्म जिन्सी व्यवस्थापन केन्द्रमा सम्पर्क राखी हेर्न सकिनेछ ।
    ६. बोलपत्रदाताले बोलपत्र साथ जमानत बापत आफुले कबुल गरेको दररेट अनुसारले हुन आउने कुल रकमको १० प्रतिशत रकम नेपाल बैंक लिमिटेडमा ललितपुर महानगरपालिका कार्यालयको नाममा रहेको कार्यालय कोड नं. ११२६०३० को धरौटी खाता नं. ०१८०३०००००३००००००००१ मा जम्मा गरी सो को सक्कल बैंक भौचर वा यस कार्यालयको नाममा जारी भएको कम्तिमा ९० (नव्वे) दिन म्याद भएको बैंक जमानत (विड बण्ड) पेश गर्नु पर्नेछ ।
    ७. बोलपत्रदाताले बोलपत्र फाराम भर्दा प्याकेज बमोजिम भर्नु पर्नेछ । बोलपत्र फाराम भित्र रहेका ४ (चार) वटा प्याकेजको छुट्टा छुट्टै प्याकेज भर्नु पर्नेछ। बोलपत्र स्वीकृत गर्दा प्याकेजगत रुपमा नै सबैभन्दा अधिकतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्रलाई स्वीकृत गरिनेछ।
    ८. बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक बिदा भएको खण्डमा त्यसको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने दिन मानिनेछ ।
    लिलाम बिक्री हुने सम्पत्ति तथा जिन्सी मालसामनको विवरणः
    प्याकेज नं. सामानको विवरण न्यूनतम कायम गरिएको भ्याट बाहेकको मूल्य रू. बोलपत्र फाराम दस्तुर
    १ अटोमोबाईल, सवारी साधन रु. २१,०८,३०७|०० रु. २०००|००
    २ कम्प्युटर तथा सूचना प्रबिधिसंग सम्बन्धित उपकरण रु. ११,२५,६६४|०० रु. २०००|००
    ३ फर्निचर तथा फिक्स्चर्स रु.६,८५,२०४|०० रु. १०००|००
    ४ अन्य मेशिनरी औजार रु. ३,४६,७१४|०० रु. १०००|००

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    Notice of invitation to bid for auction sale.
    Shrawan 23, 2082
    Download PDF file