• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • आइत, भदौ १४, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर महानगरपालिकाको निर्माण सम्पन्न भवनको नियमित/अभिलेखीकरण गर्ने सूचना

    कार्तिक १९, २०८२

    मिति २०८२/०३/२९ गतेको ७ औं नगर सभाबाट यस महनगरपालिकाभित्र प्रचलित कानून बमोजिम नक्सा स्वीकृत गरी वा नगरी निर्माण भएका तथा स्वीकृत नक्सामा हेरफेर, परिवर्तन वा यपघट गरी निर्माण भएका संरचनाहरुलाई नियमित/अभिलेखीकरण गर्न ६ महिना म्याद थप गर्ने निर्णय भए बमोजिम यो सूचना प्रकाशित गरिए‌को छ। यहि मिति २०८२/०४/१८ गतेदेखि मिति २०८२/१०/१७ गते कार्यालय समयभित्र तपसिलमा उल्लेखित कागजातहरु संलग्न गरी Hardcopy-१ सेट सहित विद्युतीय प्रणाली eBPS (www.lsmcebps.gov.np) मार्फत् निवेदन पेश गर्नुहुन सूचित गरिन्छ । म्याद नाघेर पेश हुन आएका निवेदन उपर कुनै कारवाही हुने छैन। थप जानकारीको लागि यस महानगरपालिकाको eBPS प्रणाली हेर्नुहुन वा शहरी विकास योजना महाशाखामा सम्पर्क गर्न समेत अनुरोध गरिन्छ ।

    abhilekh
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरपालिकाको निर्माण सम्पन्न भवनको नियमित/अभिलेखीकरण गर्ने सूचना
    कार्तिक १९, २०८२