• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    तह वृद्दिका लागि दरखास्त आह्वान गरिएको सूचना ।

    असार १५, २०८३

    स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०७९ को दफा ९ को उपदफा (१) बमोजिम तहवृद्धि हुने पदहरुमा सोही ऐनको दफा ३० को उपदफा (१) अनुसार योग्यता पुगेका यस महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुले तह वृद्धिका लागि देहाय बमोजिमका कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिन हुन यस कार्यालयको मिति २०८३/०३/०८ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
    पेश गर्नु पर्ने कागजातहरुः
    १. हालको पदमा भएको बढुवा वा नियुक्ति पत्रको प्रतिलिपि ।
    २. आवश्यक न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्रको प्रतिलिपि ।
    ३. समायोजन भएको भए समायोजनको पत्रको प्रतिलिपि ।

    तहवृदि
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    तह वृद्दिका लागि दरखास्त आह्वान गरिएको सूचना ।
    असार १५, २०८३