• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सुचना ।

    अशोज १२, २०८२

    यस ललितपुर महानगरपालिकाका क्षेत्र भित्र सञ्चालनमा रहेका सामुदायिक, गुठी, तथा संस्थागत विद्यालयहरुको आ.व. २०८१/८२ सम्मको अन्तिम लेखापरीक्षणका लागि योग्यता पुगेका लेखापरीक्षकहरुले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजातहरु सहित स्वयम् उपस्थित भई ललितपुर महानगरपालिकाको आन्तरिक लेखापरीक्षण ईकाइ वा वित्तीय व्यवस्थापन महाशाखामा निवेदन पेश गर्नुहुन साथै कम्पनीद्वारा सञ्चालित संस्थागत विद्यालयहरुले सोही मिति भित्र विद्यालय व्यवस्थापन समितिको निर्णय सहित लेखापरीक्षण फर्म र कम्पनीको नाम सिफारीस गरी पठाउनु हुन अनुरोध छ। तोकिएको मिति भित्र सिफारीस भई नआएमा ललितपुर महानगरपालिका कार्यालयले नै लेखापरीक्षक नियुक्ति गरी पठाउने व्यहोरा समेत जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ। तपसिल १.आ.व. २०८१/८२ सम्मको लेखापरीक्षण प्रमाणपत्र नविकरण गरेको इजाजत पत्रको प्रतिलिपि । २. आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । ३. नेपाल चार्टड एकाउन्टेण्ट संस्थाका लेखापरीक्षण प्रमाणपत्र नविकरण गरेका प्रमाणपत्रहरु। ४. सामुदायिक विद्यालय तथा गुठीद्वारा सञ्चालित संस्थागत विद्यालयको हकमा लेखापरीक्षण गर्न इच्छुक लेखाचपरीक्षकहरु स्वयम लेखापरीक्षण गर्ने आशयको निवेदन पेश गर्नु पर्नेछ । ५. संस्थागत विद्यालयको हकमा संस्थागत विद्यालयले नियमानुसार कम्तिमा तिन जना लेखापरीक्षकहरुको सिफारीस साथ पेश गर्नुपर्ने छ।

    IMG_0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    लेखापरीक्षणका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सुचना ।
    अशोज १२, २०८२