• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    ललितपुरको तीन वटा विद्यालयमा रोबोटबाट पढाइ सुरु

    चैत्र २२, २०८०

    ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । 

    साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको  विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् ।

    विद्यार्थीको क्षमता परिष्कृत गर्न रोबोट प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यार्थीका समस्या समाधान, सिर्जनशीलता, तर्क गर्ने क्षमता विकासलगायत उद्देश्यका साथ रोबोट प्रविधि सुरु गरिएको ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले बताए । 

    रोबोट प्रविधिमार्फत सिकाइको सुरुवातका लागि २७ फागुनबाट १ चैतसम्म शिक्षकहरूलाई ललितपुरमा तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा सो तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीस्थित हिन्दू विद्यापीठ र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका दुई–दुईजना शिक्षक सहभागी थिए । 

     रोबोट प्रविधिबाट सिकाइ नेपालमै पहिलो
    ललितपुर महानगरका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनका अनुसार रोबोट प्रविधि नेपालका विद्यालयमा पहिलोपटक प्रयोग भएको हो । आउँदो अर्थिक वर्षभित्र ललितपुरको प्रभात मावि प्यागल, हरिसिद्धि मावि, बाल विवेकानन्द मावि नटोल र श्रमिक बालविज्ञान विद्यालयमा रोबोट प्रविधि विस्तार गरिने भएको छ । 

    *नयाँ पत्रिका दैनिकमा प्रकाशित *

    robot
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुरको तीन वटा विद्यालयमा रोबोटबाट पढाइ सुरु
    चैत्र २२, २०८०
    Download PDF file