• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    पुस्तकालय विज्ञ पदका लागि सेवा करार सम्बन्धी सूचना ।

    चैत्र २६, २०८२

    इतिहास, कला, संस्कृति, सम्पदा, विज्ञान र भाषा सम्बद्ध शैक्षिक वातावरणको प्रवर्द्धन एवम पठन संस्कृतिको विकास गर्न ऐतिहासिक शारदा पुस्तकालय पुनः सञ्चालनका लागि पुस्तकालयको दैनिक प्रशासनिक र व्यवस्थापकिय कार्य गर्नमा आवश्यक सहजीकरण गर्न एकजना पुस्तकालय विज्ञको आवश्यकता रहेको हुँदा पुस्तकालय विज्ञको रुपमा सेवा प्रदान गर्न ईच्छुक देहायको योग्यता पुगेको नेपाली नागरिकहरुले देहायका कागजातहरु सहित यस कर्यालयमा ७ (सात) दिन भित्र निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ।
    १. न्यूनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थावाट पुस्तकालय विज्ञान वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण भएको।
    २. पारिश्रमिकः सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ।
    ३. छनौटको आधारः अन्तर्वार्ता
    ४. अनुभवी एवम स्थानीय व्यक्तिलाई प्राथमिकता दिइनेछ।
    आवश्यक कागजातहरुः
    १. नेपाली नागरिकताको छाँयाप्रति ।
    २. शैक्षिक योग्यताको लब्धाङ्कपत्रको छाँयाप्रति ।
    ३. सेवा गरेको कार्य अनुभव र स्थानीय खुल्ने कागजात ।

    पुस्तकालय विज्ञ पदका लागि सेवा करार सम्बन्धी सूचना ।
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    पुस्तकालय विज्ञ पदका लागि सेवा करार सम्बन्धी सूचना ।
    चैत्र २६, २०८२