यस ललितपुर महानगरपालिकामा आ.व. २०७४/०७५ सम्म दर्ता भई नविकरण हुन बाँकी व्यवसायमा चालु आ.व. २०८२/०८३ को पौष मसान्त भित्र व्यवसाय कर चुक्ता गरेमा आ.व. २०७४/०७५ सम्म को व्यवसाय कर र जरिवानामा ५०% छुट र २०७५/०७६ देखि आ.व.२०८१/०८२ सम्म को व्यवसाय कर र जरिवानामा २५% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै चालु आ.व. ०८२/०८३ को व्यवसाय नविकरणमा चालु आ.व. २०८२/०८३ आषाढ मसान्त सम्म २५% छुट हुने समेत जानकारी गराईन्छ।