LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

कार्तिक २० , २०८२, बिहिबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम सञ्चालन सम्वन्धी सूचना

समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम सञ्चालन सम्वन्धी सूचना

कार्तिक २०, २०८२

यस महानगरपालिकामा अपांगताको क्षेत्रमा समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम संचालन गर्न बागमती प्रदेश सामाजिक विकास मन्त्रालयवाट “अपांगता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०८०” अनुसार विनियोजित वजेटवाट उक्त कार्यक्रम संचालन गर्नुपर्ने भएकोले देहाय अनुसारको कार्यक्रम संचालन गर्न संस्था छनौटका लागि यस महानगरपालिकामा सूचिकृत भएका अपांगताको क्षेत्रमा कार्यरत इच्छुक संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्ताव यस महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा पेश गर्नहुन सूचित गरिन्छ ।क) पेश गनुपर्ने आवश्यक कागजातः१. निवेदन १ प्रति ।२. ललितपुर महानगरपालिकामा सूचिकृत भएको प्रमाण–पत्र ।३. अपांगता क्षेत्रमा काम गरेको अनुभव सम्बन्धी कागजातहरु ।४. संस्था दर्ता नवीकरण, विधान, प्रशासनिक र आर्थिक नियमावलीको छाँयाकपि ।५. समाज कल्याण परिषदको आवद्धता प्रमाणपत्र ।

६. गत वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन ।

७. संस्थाको कार्यालयको अवस्था र कार्यरत कर्मचारी । प्रमुख

८. सञ्चालन गर्नुपर्ने कार्यक्रमको स्पष्ट प्रस्ताव । महिला बा. तथा ज्ये.ना. शाखाख) संचालन गर्नुपर्ने कार्यक्रमः (कार्यविधिको दफा ३ को घ बुँदा अनुसार)१) यस महानगरपालिकाको सम्वन्धित वडाका अपांगताको क्षेत्र हेर्ने जनप्रतिनिधिसँगको समन्वयमा सम्वन्धित संस्थाका प्रतिनिधिवाट अपांगता परिचय पत्र प्राप्त गरेका पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुको संभाव्यता अध्ययन गर्नुपर्ने । अध्ययन पश्चात हेरचाहको अति आवश्यक परेका पूर्ण अशक्त अपांगता भएका ६५ जना व्यक्तिहरुलाई सहयोगी सेवा प्रवाह गर्नु पर्ने ।२) पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुलाई सहयोगी सेवा प्रदान गर्न आवश्यक प्रकृया पुरा गरी १२ जना व्यक्तिहरुको छनौट गर्ने र सहयोगी सेवा सम्वन्धी तालिम दिनुपर्ने ।३) प्रवाह गरेको सेवाको बृत्तचित्र तयार गर्नुपर्ने । उपलब्ध गराउनु पर्ने सेवाहरुःअपांगता भएका व्यक्तिहरुको घरमै गई सरसफाई (नुहाईदिने, नङ/कपाल काटिदिने, लुगा धोईदिने, तेल मालिस गरिदिने, घाम तपाउने लगायतका व्यक्तिगत सरसफाई) आदि काम गर्नुपर्ने ।

ग) सहयोगी सेवा दिने व्यक्तिहरुको व्यवस्थापनसहयोगी सेवा दिने व्यक्तिहरुको पारिश्रमिक, हाजिरी, काममा लगाउने दिन⁄समय लगायतका सम्पूर्ण व्यवस्थापनको कार्य छनौट भएको संस्था स्वयंले नै गर्नुपर्नेछ ।

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम सञ्चालन सम्वन्धी सूचना
कार्तिक २०, २०८२
error: