• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    शोक विज्ञप्ती

    मंसिर २१, २०८२

    मिति २०१७ सालमा जन्मनु भएका विकास प्रेमी एवं समाजसेवी कृष्ण प्रसाद कोइराला २०७९ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं. १३ को वडा सदस्य पदमा निर्वाचित भई नगरसभा सदस्यको भूमिकामा रहनु भएको थियो। कृष्ण प्रसाद कोइरालाको वि.सं.२०८२ मंसिर २० गते शनिवार स्वर्गारोहण भएको खबरले ललितपुर महानगरपालिका परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ । उहाँले यस महानगरपालिकाको विकास निर्माणमा पुऱ्याउनु भएको योगदान हाम्रा लागि अविष्मरणीय छन्। ललितपुर महानगरपालिका परिवार यो अपूरणीय क्षतिको दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
    २०८२ मंसिर २१ गते (ने.सं. ११४६ थिंल्लागा तृतीया)

    IMG_0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    शोक विज्ञप्ती
    मंसिर २१, २०८२
    Download PDF file