• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, भदौ ५, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर उप-महानगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनवाईको प्रेश विज्ञप्ती

    चैत्र २०, २०८०

    ललितपुर उप-महानगरपालिकाको आ.व. २०७३/७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई २०७३/०७/३० गते मंगलबारको दिन मच्छिन्द्र बहाल वडा नं १९ मा ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि श्री राजेश महर्जन, ने.क.पा एमालेका प्रतिनिधि श्री श्रीगोपाल महर्जन, ने.क.पा. माओवादी केन्द्रका प्रतिनिधि श्री बाबुराजा बज्रचार्य, रा.प्र.पा नेपालका प्रतिनिधि श्री नरेश कुमार श्रेष्ठ, रा.प्र.पा का प्रतिनिधि श्री केशव खड्का, ने.क.पा. मालेका प्रतिनिधि श्री राम प्रसाद भट्ट र महिला नगर समन्वय समितिका अध्यक्ष श्रीमती कौशल्या थापाको विशेष आतिथ्य रहेको थियो भने नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समितिरटोल विकास संस्था, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, वडा नागरिक मञ्चमका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

    ललितपुर उप-महानगरपालिकाको सार्वजनिक निर्माण महाशाखाका प्रमुख प्रविण श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो र कार्यक्रमका सभापति एवं ललितपुर उप महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूले यस कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । सो कार्यक्रममा ललितपुर उप-महानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखले आ.व. २०७३र७४ को प्रथम चौमासिक भित्र गरेका सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । यस कार्यक्रममा ललितपुर उप-महानगरपालिकाको चौमासिक उपलब्धी जस्तै ७०५ उपभोक्ता समितिको गठन भएर कार्य प्रारम्भ भएको, आ.व. ०७३र२०७४ को प्रस्तावित आय रु ९,०१,६१३,००० रहेको छ जसमा कार्तिक २३ गते सम्मको आय रु २७,४७,५७,००० रहेको छ र व्यय रु ९०,१६,१३,००० जसमा २०५ पूँजीगत खर्च भैसकेको छ र सौर्य बत्ती ९२६ थानको टेन्डर गैसकेको जानकारी भयो ।

    यस कार्यक्रममा जनताहरुले जिज्ञाशा उठाउनुका साथै सल्लाह र सुझावहरु पनि दिएका थिए । जनता तथा स्थानीय वासीहरुले प्राय सौर्य बत्ती जडान, ढलको व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण र लगनखेल बजार व्यवस्थापनको बारेमा सवाल उठाएका थिए । यि सवालहरुको जवाफ सम्बन्धित महाशाखा र शाखा प्रमुख एवं ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेले दिनुभएको थियो । साथै ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेले देखा परेका समस्याहरुलाई ललितपुर उप-महानगरपालिकाले सके सम्म चाँडै नै समाधान गर्ने वाचा गर्दै यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिनुभई कार्यक्रम समापन गर्नुभयो ।

    Public Hearing Press Release
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर उप-महानगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनवाईको प्रेश विज्ञप्ती
    चैत्र २०, २०८०
    Download PDF file