• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    भुक्तानी निकासा बन्द हुने सम्बन्धमा ।

    जेष्ठ ७, २०८३

    प्रस्तुत विषयमा आर्थिक वर्षको अन्तिम समयमा ७५३ स्थानीय तहहरुमा नै सुत्र प्रणाली वढी सक्रिय हुने भएका कारण गत विगत वर्षको अनुभववाट भुक्तानीमा ढिलो हुन सक्ने सम्भावना भएकाले स्वीकृत वजेट वमोजिमको कार्य आर्थिक वर्षको अन्तिम समयमा मात्र भुक्तानीका लागि स्रेस्ता कागजात पेश गर्दा सो कागजात प्रचलित कानुन नियम वमोजिम छन छैनन भनि चेक जाँच गरि नपुग कागजात माग गरि भुक्तानी योग्य स्रेस्ता एकिन गर्न समेत केहि समय लाग्ने हुँदा यस वर्षको वजेट कार्यान्यन गर्दा भए गरेका कार्यको प्रचलित कानुन वमोजिमका स्रेस्ता एकिन गरि भुक्तानी गर्ने कार्यका लागि समयमै प्रचलित कानुन वमोजिम भुक्तानी माग गर्नु हुन अनुरोध गर्दछु ।
    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० अनुसार आर्थिक वर्षको कारोवार भुक्तानी बन्द हुने कानुनी व्यवस्था भएको कारण र स्थानीय तहको सूत्र प्रणाली समेत उक्त समय पश्चात बन्द हुने भएकाले महानगरबाट भए गरिएका कामको भुक्तानीका लागि नियमानुसारका बिल भर्पाई सहितका सम्पूर्ण कागजात २०८३ अषाढ १५ गते भित्र पेश गरि सक्नु हुन हार्दिक अनुरोध गर्दछु। उक्त समय भित्र महानगरपालिकाको वित्तिय व्यवस्थापन महाशाखामा बिल भर्पाइ सहितका सम्पूर्ण कागजात पेश नगरी भुक्तानी हुन नसकेमा वित्तिय व्यवस्थापन महाशाखा जिम्मेवार नहुने व्यहोरा समेत जानकारीका लागि निर्णयानुसार अनुरोध छ।

    IMG_0007
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    भुक्तानी निकासा बन्द हुने सम्बन्धमा ।
    जेष्ठ ७, २०८३