• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित

    चैत्र २२, २०८०

    नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री कारिन क्नायसल्ले बिहीबार ललितपुरको पाटन दरबार संग्राहलयको अवलोकन गरेकी छिन् । 

    उनले ललितपुर अत्यन्तै सुन्दर सहर भएको बताउँदै यसले आफू प्रभावित भएको बताइन् । अर्को पटक नेपाल आउँदा ललितपुर आउन नछुटाउने उनले बचन दिइन् । अवलोकनका क्रममा उनले सुन्दरीचोक, मूलचोक, केशवनारायणचोक , ट्रेजर पोखरी लगायत पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी थिइन् । धातुकला , काष्ठकलाको उनले रुचिपूर्वक जानकारी लिएकी थिइन् । 

    उनलाई दरबार संग्राहलयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले स्वागत गरेका थिए ।

    विदेशमन्त्री क्यायसल्ले दरबार संग्राहलयमा रहेका ऐतिहासिक महत्वका सामग्रीे चासोपूर्वक जानकारी लिएकी थिइन् । पाटन कलात्मक सहर भएको बताउँदै उनले संग्राहलयले यसको गरिमा अझैं बढाएको बताइन् । 

    अष्ट्रिया सरकारले लामो समयदेखि पाटन संग्राहलयको संरक्षण, जिर्णोद्धार र संचालनमा सहयोग गर्दै आएको छ । संग्राहलयमा सोलार जडानमा समेत सहयोग गरेको छ । विदेशमन्त्री क्यायसल्ले विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने समेत बताइन् । अष्ट्रिया सरकारले पाटन संग्राहलयभित्रको केशवनारायण चोकको उत्तरी भित्ता जिर्णोद्धारलागि समेत सहयोग गरेको पाटन दरबार संग्राहलयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । 

    महानगरका मेयर महर्जनले सम्पदा संरक्षण महानगरको पहिलो प्राथमिकता भएको बताए । उनले भूकम्पमा क्षतिग्रस्त भएका सम्पदाको पुनर्निर्माण तिव्रताको साथ अघि बढेको बताए । उपमेयर गीता सत्यालले ललितपुरको कलाले नेपाललाई विश्वमा चिनाएको बताउँदै यसको संरक्षण महानगरको मुख्य एजेण्डा भएको बताइन् ।

    महानगरका सम्पदा सल्लाहकार डा.रोहित रंजितकारले पुनर्निर्माण हुँदै गरेका सम्पदा र ऐतिहासिक महत्वका विषय अवगत गराएका थिए । 

    १३ सदस्यीय टोली सहित नेपालको भ्रमणमा रहेकी क्यायसल् शनिवार भुटान हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    e209e666d1c89b1f97559f31c71828391550829377
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित
    चैत्र २२, २०८०
    Download PDF file