• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    पसल कवल भाडामा दिने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।

    कार्तिक १७, २०८२

    ललितपुर महानगरपालिकाको स्वामित्वमा रहेका विभिन्न स्थानमा रहेका प्याकेज नं. १ वडा नं. ३ पुल्चोक र प्याकेज नं. ४ वडा नं. १२ का पसल कवलहरु २०८६ असार मसान्त सम्मका लागि शिलबन्दी दरभाउपत्र आव्हान गरी ठेक्कामा दिने निर्णय भए बमोजिम दोश्रो पटक यो सूचना प्रकाशित भएको मितिले ७औं दिन अर्थात् २०८२/०७/२३ गते कार्यालय समयभित्र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि तथा संस्था/कम्पनीको हकमा २०८१/०८२ सम्मको करचुक्ता प्रमाणपत्र, २०८२/०८३ सम्म नविकरण भएको व्यवसाय दर्ताको प्रमाणपत्र, भ्याट र प्यानको प्रमाणपत्र सहित दरभाउपत्र फाराम पेश गरी नेपाल बैंक लिमिटेड गाःवहाल वा ललितपुर महानगरपालिका कार्यालय हाताभित्र रहेको नेपाल बैंक लिमिटेडको काउन्टरमा यस कार्यालयको नाममा रहेको राजस्व खाता नं. ०१८०३०००००१००१०००००१ को कार्यालय कोड नं. ११२६०३० राजस्व शिर्षक नं. १४२२९ मा दरभाउपत्र दस्तुर वापत रु.१,०००।- अक्षरुपी (एक हजार) रुपैया फिर्ता नहुने गरी जम्मा गरेको सक्कल भौचर पेश गरी दरभाउपत्र फाराम लिई ८औं दिन अर्थात् २०८२/०७/२४ गते १२:०० बजे भित्रमा न्यूनतम अङ्गमा नघटाई रीतपूर्वकको शिलबन्दी दरभाउपत्र दर्ता गरी पेश गर्नु हुन र पेश भएका दरभाउपत्रहरु सोही दिन दिनको २:०० बजे खोलिने (दर्ता गर्ने र खोल्ने दिन बिदा परेमा सो को भोलिपल्ट) हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी थप जानकारीको लागि राजस्व महाशाखामा सम्पर्क गर्न सकिनेछ ।

    viber_image_2025-11-03_11-32-10-370
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    पसल कवल भाडामा दिने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।
    कार्तिक १७, २०८२