• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    आ.व. २०७३।७४ को लागि सामाजिक सुरक्षा भत्ता सम्वन्धि सूचना

    चैत्र २०, २०८०

    सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सवै प्रकारका लाभग्राहीहरूले मितिः- २०७३ साल श्रावण देखि मंसिर १५ गते भित्र वडा कार्यालयमा आई नविकरण गर्नुहोला। नविकरण नगर्ने लाभग्राहीहरूले पछिल्लो आर्थिक वर्षमा भत्ता पाउन सक्ने छैनन् । नयां नाम दर्ता गराउन चाहने जेष्ठ नागरिकले आ.व.०७३।०७४ को अवधि भित्र र ०७४।०७५ को फाल्गुन मसान्त सम्म उमेर पुग्नेले पनि मितिः- २०७३ साल श्रावण देखि मंसिर १५ गते भित्र दरखास्त दिन पाउने । ०७३।०७४ भित्र उमेर पुग्नेले ०७४ श्रवण १ गते वाट, ०७४।०७५ मा उमेर पुग्नेले उमेर पुगेको चौमासिक भन्दा पछिल्लो चौमासिकवाट भत्ता पाउने । लोपोन्मुख आदिवासी जनजातीले मितिः- ०७३ श्रावण देखि मंसिर १५ गते भित्र दरखास्त दिनुपर्ने,  अन्य लाभग्राहीहरूले आफ्नो प्रमाण सहित जहिले सुकै वडा कार्यालयमा आई नाम दर्ता गर्न सक्ने, नाम दर्ता गरेको पछिल्लो चौमासिक देखि भत्ता पाउने साथै प्रथम चौमासिक असोज १ गतेवाट, दोश्रो चौमासिक माघ १ गतेवाट र तेश्रो चौमासिक जेष्ठ १ गतेवाट भत्ता वितरण गरिने व्यहोरा सवैमा जानकारीकोलागि अनुरोध गरिन्छ ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    आ.व. २०७३।७४ को लागि सामाजिक सुरक्षा भत्ता सम्वन्धि सूचना
    चैत्र २०, २०८०
    Download PDF file