• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    Nhu: Public notice regarding the removal of unauthorized structures on the north-east side of the pond!!!

    साउन १८, २०८२

    यस ललितपुर महानगरपालिका वडा नं. ५ लगनखेलस्थित नेपाल सरकारको नाममा श्रेस्ता कायम रहेको ल.पु.म.न.पा. वडा नं.५ (क) कि.नं.१०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हुः पोखरीको जग्गामा बिगत देखि नै अनाधिकृत रुपमा भौतिक संरचना बनाई थप्दै पोखरीको अस्तित्व नै समाप्त पार्ने अबस्था बढदै गएकोले महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जिर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (DPR) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन समेत गरिएको । उक्त न्हुः पोखरी परियोजना क्षेत्रको उत्तर पूर्व तर्फ पोखरीको डिलमा अवस्थित बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको अनाधिकृत संरचना हटाई सार्वजनिक जग्गा तथा ऐतिहासिक सम्पदा संरक्षण गर्न सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको हुँदा मिति २०८२/०४/१६ गतेको निर्णय बमोजिम ३५ दिन भित्र उक्त संरचनाहरु हटाउनु हुन सम्बन्धित सबैका जानकारीको लागि सूचना प्रकाशन गरिएको छ । उक्त अवधी भित्र अनाधिकृत संरचना नहटाएमा वा खाली नगरेमा महानगरपालिकाले आफैं संरचना हटाई सो संरचना हटाउन लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

    nhu pukhu
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    Nhu: Public notice regarding the removal of unauthorized structures on the north-east side of the pond!!!
    साउन १८, २०८२
    Download PDF file