• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी सूचना (आ.व. २०७३/७४)

    चैत्र २०, २०८०

    ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

    ललितपुर उप-महानगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७३/७४ को हाल सम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्‍न मिति, स्थान र समयमा यस आ.व. को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

    मितिः २०७३ कार्तिक २८ गते, आइतबार
    समयः बिहान ११:०० बजे
    स्थानः मच्छिन्द्र बहाल, वडा नं १२, ल.पु.उ.म.न.पा

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी सूचना (आ.व. २०७३/७४)
    चैत्र २०, २०८०
    Download PDF file