• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Cooperative

    सहकारी संस्था विघटन तथा खारेजी सम्बन्धी सूचना ।

    चैत्र २२, २०८२

    ललितपुर महानगरपालिकाको नियमन क्षेत्र भित्र रही वडा नं १० कुपण्डोलमा संचालन भैरहेको स्वर्णतारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (दर्ता नं ४६३) विघटन एवं दर्ता खारेजी गरिपाउँ भनी सो संस्थाको माग भई आएकोमा ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) बमोजिम मिति २०८२/१२/१२ को निर्णय अनुसार संस्था विघटन तथा खारेजी भएकोले सम्वन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विघटन तथा खारेजी भएको उक्त संस्थाको नाममा आयन्दा कोही कसैले कुनै कारोबार नगर्न नगराउनु हुनका साथै उक्त संस्थासंग कसैको लेनादेना बाँकी भए सो संस्थाका तत्कालिन अध्यक्ष र कोषाध्यक्षसंग सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।

    sahakarisakha
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सहकारी संस्था विघटन तथा खारेजी सम्बन्धी सूचना ।
    चैत्र २२, २०८२