• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायताका लागि निवेदन दिने सूचना ।

    कार्तिक १८, २०८२

    वैदेशिक रोजगार बोर्डको सचिवालयको मिति २०८२/०७/०३ गते प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई तोकिएको अवधि भित्र मृत्यु, अङ्गभङ्ग वा बिरामी भई कल्याणकारी कोषबाट वैदेशिक रोजगार वोर्डको कार्यालय बबरमहल, काठमाडौंको सचिवालय मार्फत शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततिलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा “वैदेशिक रोजगार सन्तति छात्रवृत्ति संन्चालन कार्यविधि, २०८० को अनुसूची (१) बमोजिमको ढाँचामा २०८२ सालको कात्तिक मसान्तभित्र यस महानगरपालिका रोजगार शाखामा आवश्यक कागजात सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबै सरोकारावालाहरुमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
    आवश्यक कागजातहरु :
    १. पहिले देखिनै छात्रवृत्ति पाईरहेका छात्र छात्राहरुले पेश गर्नु पर्ने कागजात :
    क) अनुसुची १ बमोजिमको ढाँचामा निवेदन ।
    ख) कामदारको राहदानी र मृत्युदर्ताको प्रतिलिपि ।
    ग) अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस ।
    घ) आफ्नो वा अभिभावकको चालु अवस्थामा रहेको बैंक खाता (चेकको प्रतिलिपि)
    २. आ.व. २०८२/०८३ मा पहिलो पटक छात्रवृत्ति प्राप्त गर्ने छात्र छात्राहरुले पेश गर्नुपर्ने कागजात :
    क। अनुसुची १ बमोजिमको ढाँचामा निवेदन ।
    ख) कामदारको राहदानी र मृत्युदर्ताको प्रतिलिपि ।
    ग) अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस ।
    घ) आफ्नो वा अभिभावकको चालु अवस्थामा रहेको बैंक खाता (चेकको प्रतिलिपि)
    ङ) जन्मदर्ताको प्रतिलिपि ।
    च) अभिभावकको नागरिकताको प्रतिलिपि ।
    छ। कामदार, अभिभावक र विद्यार्थी नाता खुल्ने नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
    थप जानकारीका लागिः रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिका ९८४९८१७९८०

    notice8888-1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायताका लागि निवेदन दिने सूचना ।
    कार्तिक १८, २०८२