LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

बैशाख १० , २०८३, बिहिबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/प्रविधि हस्तान्‍तरण सम्बन्धी सूचना ।

प्रविधि हस्तान्‍तरण सम्बन्धी सूचना ।

बैशाख ९, २०८३

यस ललितपुर महानगरपालिकाको चालु आ.व. ०८२२८३ मा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम तर्फ सि.नं. १६ र २१ मा स्वीकृत उपयुक्त प्रविधि हस्तान्तरणका लागि ललितपुर महानगरपालिकाको गरिबी निवारण तथा रोजगार प्रवर्द्धन २०८१ को दफा ९ र गरिबी निवारण तथा रोजगार प्रवर्द्धन सम्बन्धमा सिप हस्तान्तरण र प्रविधि हस्तान्तरण सम्बन्धी मापदण्ड २०८२ को दफा खण्ड ख को दफा १ वमोजिम योग्यता भएका इच्छुक व्यक्तिहरुले आफ्‌नो सीप तालिम अनुसारको व्यवसायलाई प्रवर्द्धन गर्न यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा तोकिए बमोजिमको ढाँचामा निवेदन दिई सम्बन्धीत वडाको सिफारीस सहित यस शाखामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
१. दरखास्त फाराम सबै वडा कार्यालयहरु, यस शाखा र महानगरपालिकाको वेभसाइट Imc.gov.np वाट डाउनलोड गरी लिन सकिने छ ।
२. दरखास्त दिने अन्तीम मिति २०८३ वैशाख २४ भित्र
३. फिल्ड भेरिफिकेशन निवेदनहरु प्राप्त भए पश्चात ।
४. सम्पर्क मिति: पछि जानकारी गराइने छ ।
५. संलग्न गर्नु पर्ने कागजात :
नागरिकताको फोटोकपी र फोटो २ प्रति
शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी
ललितपुर महानगरपालिकामा स्थायी बसोवासको प्रमाण
व्यवसायिक सीप तालिमको प्रमाण पत्रको फोटोकपी
व्यवसायको PAN को फोटोकपी वा व्यवसाय दर्ता प्रमाण पत्रको फोटोकपी (व्यवसाय शुरु गरेको कम्तीमा ६ महिना पुगेको हुनु पर्ने)
वडा कार्यालयवाट व्यवसाय गरि रहेको र प्रविधि सहयोग गर्नु पर्ने औचित्य सहितको सिफारीस पत्र
यस अघि कुनै पनि सरकारी तथा गैरसरकारी क्षेत्रवाट प्रविधि सहयोग प्राप्त नभएको भनी स्वघोषणा पत्र
कुल लागतको कम्तीमा २०% सहभागीहरुले लागत व्यहोर्नु पर्ने छ ।
६. थप जानकारी आवश्यक भए चन्द्रलाल डंगोल ९८४१८६४९५०, सरीता अधिकारी ९८४१९२४४५५

PDF File

Download Related File:

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
प्रविधि हस्तान्‍तरण सम्बन्धी सूचना ।
बैशाख ९, २०८३
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
प्रविधि हस्तान्‍तरण सम्बन्धी सूचना ।
बैशाख ९, २०८३
error: