ललितपुर महानगरपालिकाको स्वामित्वमा रहेका प्याकेज नं. १ वडा नं ३ पुल्चोक र प्याकेज नं ४ वडा नं १२ का पसल कवलहरु २०८६ असार मसान्त सम्मका लागि शिलबन्दी दर भाउपत्र आव्हान गरी ठेक्कामा दिने निर्णय भए बमोजिम दोश्रो पटक यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन अर्थात २०८२/०५/२४ गते कार्यालय समय भित्र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि तथा संस्था/कम्पनीको हकमा २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्र, २०८२/०८३ सम्म नविकरण भएको व्यवसाय दर्ताको प्रमाणपत्र, भ्याट र प्यानको प्रमाणपत्र सहित दरभाउपत्र फारम पेश गरी नेपाल बैंक लिमिटेड गाःबहाल वा ललितपुर महानगरपालिका कार्यालय हाता भित्र रहेको नेपाल बैंक लिमिटेडको काउन्टरमा यस कार्यालयको नाममा रहेको राजस्व खाता नं. ०१८०३०००००१००१०००००१ को कार्यालय कोड नं. ११२६०३० राजस्व शिर्षक नं. १४२२५ मा दरभाउपत्र दस्तुर बापत रु. १०००।- अक्षरुपी (एक हजार) रुपैंया फिर्ता नहुने गरी जम्मा गरेको सक्कल भौचर पेश गरी दरभाउपत्र फाराम लिई ८ औं दिन अर्थात २०८२/०५/२५ गते १२:०० बजे भित्रमा न्यूनतम अङ्कमा नघटाई रीतपूर्वकको शिलबन्दी दरभाउपत्र दर्ता गरी पेश गर्नु हुन र पेश भएका दरभाउपत्रहरु सोही दिन दिनको २:०० बजे खोलिने (दर्ता गर्ने र खोल्ने दिन बिदा परेमा सो को भोलिपल्ट) हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी थपजानकारीको लागि राजस्व महाशाखामा सम्पर्क गर्न सकिनेछ ।
