• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बिहि, भदौ ११, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    प्रेस विज्ञप्ति ।

    भदौ ११, २०८३

    संवत् २०८३ साल भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण वाढीवाट भएको जनधनको क्षतिप्रति ललितपुर महानगरपालिकाको तर्फवाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परी मृत्यु हुने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। यस दुःखद् घडीमा वाढीवाट प्रभावित सम्पूर्ण नागरिकहरुप्रति ललितपुर महानगरपालिका दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
    यस प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ललितपुर महानगरपालिकाको तर्फबाट रु.१ करोड रकम प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप जम्मा गर्ने निर्णय गरिएको छ। साथै, यस घटनावाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोगसमेत उपलब्ध गराउन महानगरपालिका तत्पर रहेको व्यहोरा अवगत गराउँदछौ।
    विपद्‌को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघ-संस्था, सञ्चारमाध्यम र आम नागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिका विश्वास गर्दछ ।
    यस विपद्सम्बन्धी आवश्यक समन्वय तथा सहयोगका लागि ललितपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख श्री लव कार्की (९८६०२०५१२०) लाई सम्पर्क गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ।

    CamScanner 27-08-2026 13.54-1img11
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रेस विज्ञप्ति ।
    भदौ ११, २०८३