• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    शोक विज्ञप्ति

    पुस २५, २०८२

    मिति २०१६ साल मंसिर १९ गते जन्मनु भएकी विकास प्रेमी एवं समाजसेवी आपुलु शाक्य २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं ११ को वडा सदस्य पदमा निर्वाचित भई कार्यपालिका सदस्य रहनु भएको र दोस्रो पटक २०७९ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं ११ को वडा सदस्य पदमा निर्वाचित भई नगरसभा सदस्यको भूमिकामा रहनु भएको थियो। आपुलु शाक्यको वि.सं.२०८२ पौष २५ गते शुक्रवार स्वर्गारोहण भएको खबरले ललितपुर महानगरपालिका परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ । उहाँले यस महानगरपालिकाको विकास निर्माणमा पुऱ्याउनु भएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । ललितपुर महानगरपालिका परिवार यो अपूरणीय क्षतिको दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । २०८२ पौष २५ गते शुक्रवार (ने.सं. ११४६ पोहेलागा षष्ठी)

    IMG_0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    शोक विज्ञप्ति
    पुस २५, २०८२
    Download PDF file