• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सहकारी सम्बन्धी

    सहकारी संस्थाहरुलाई आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाउने सम्बन्धी सूचना ।

    भदौ ११, २०८२

    १. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५३ (१) बमोजिम संस्थाहरुले अनिवार्य रुपमा २०८२ आश्विन मसान्त भित्र लेखा परिक्षण सम्पन्न गर्नु हुन ।
    २. लेखा परीक्षक नियुक्ति गरी यस महानगरपालिकामा जानकारी पठाउनु हुन ।
    ३. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २५ को उपदफा २ बमोजिम संस्थाको वार्षिक साधारण सभा २०८२ पौष महिना भित्र अनिवार्य रुपमा सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिन भित्र ऐनको दफा ५१ बमोजिम वार्षिक प्रतिवेदन यस महानगरपालिकामा पेश गर्नु हुन ।
    ४. तोकिएको अवधि भित्र प्रतिवेदन पेश नभएमा ललितपुर महानगरपालिकाको आर्थिक ऐन २०८२/८३ को अनुसूचि ११ बमोजिमको जरिवाना लाग्ने छ ।
    ५. साधारण सभाको प्रतिवेदन पेश गर्दा चेक लिष्ट बमोजिम छ छैन हेरी पेश गर्नु होला । चेक लिष्ट यस महानगरपालिकाको वेभसाइट Imc.gov.np मा हेर्न सक्नु हुनेछ ।
    ६. सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकबाट विभिन्न मितिमा जारी गरिएको मापदण्ड
    तथा निर्देशन कार्यान्वयन गर्नु हुन समेत सूचित गरिन्छ ।
    ७. सहकारी संस्थाहरुले चेकलिष्ट अनुसारको प्रतिवेदनहरुको Hardcopy र यस महनगरपालिकाको वेभसाइटमा राखिएको link मा गई संस्थाको समष्टिगत विवरण Upload गरी पठाउनु हुन ।
    https://forms.gle/eLFVDBS6XnoUjc7a7

    viber_image_2025-08-27_10-47-18-022
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सहकारी संस्थाहरुलाई आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाउने सम्बन्धी सूचना ।
    भदौ ११, २०८२