• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    ललितपुर महानगरको तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित

    चैत्र २२, २०८०

    ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो ।

    नगरसभाबाट लेखा समिति, विद्यायन समिति र विकास तथा सुशासन समितिको कार्यविधि केही संशोधन सहित पारित भएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वताए । मेयर महर्जन यो हिउँदे अधिवेशन भएकोले यो नगरसभा विद्येयकमा मात्रै केन्द्रीत भएको वताए। उनले भने, ‘यो अधिवेशनबाट मत्वपूर्ण विद्येयकहरु पारित भएका छन्, अव हामीहरुलाई यही पारित भएका ऐन अनुसार काम गर्न सहज भएको छ।’ मेयर महर्जनले निकट भविश्यमा वडाबाट नै योजना सम्झौता हुने व्यवस्था मिलाउन लागिएको पनि वताए।

    उपमेयर गीता सत्यालले जनसरोकारसंग महत्व राख्ने विद्येयकहरु पारित हुँदा नगरपालिकाबाट सम्पादन हुने कामहरु सम्पादन गर्नका लागि सहज भएको वताइन्। त्यस्तै सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले कार्यपालिकाले निर्णय गरेअनुरुप नेपाल भाषाको विद्यालय सञ्चालन गर्ने निर्णय पारित भएको वताए। कार्कीले चैत्र मसान्तभित्र कर्मचारी समायोजन सम्पन्न गरी लागु गर्ने निर्णय समेत पारित भएको वताए। उनले नगरसभाका कुनैपनि विमतिहरु नरहेको र सर्वसम्मत रुपमा नगरसभा सम्पन्न भएको जानकारी गराए।

    second nagarsabha
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरको तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित
    चैत्र २२, २०८०
    Download PDF file