यस ललितपुर महानगरपालिकाको कृषि शाखा तर्फ बार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने सिताके च्याउ खेती सम्बन्धी तालिम कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०८३/०२/०७ देखि २०८३/०२/१३) भित्रमा कृषि शाखा, मानभवन ललितपुरमा सम्पर्क राखि सहभागी हुन चाहेको कार्यक्रम खुलाई तोकिए बमोजिमका कागजात सहित निवेदन पेश गर्नु हुन सूचित गरिन्छ ।
