यस ललितपुर महानगरपालिकाको वडा नं २० नःटोल देखि गावहालसम्म (सत्यमोहन जोशी मार्ग) ढल निर्माणको क्रममा विग्रीएको कालोपत्रे सडक मच्छिन्द्रनाथको जात्रा सुरु हुनु अगाडी नै पुनःनिर्माण सम्वन्धी कार्य सम्पन्न गर्ने गरी कालोपत्रे गर्ने कार्य सुरु गर्न लागिएको हुदाँ सडक पुनःनिर्माणको अवधिभर सो सडक भई आवतजावत गर्ने सवारी साधन, पैदलयात्रु, स्थानीय टोलवासीहरु सवैले वैकल्पिक मार्ग प्रयोग गरी सडक पुनःनिर्माण कार्यमा सहयोग एंव सहजिकण गरी दिनु हुन सरोकारवाला सबैमा यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
