उपयुक्त सम्बन्धमा नेपाल सरकारको आ.व ०८२/०८३ मा एच.पि.भी. (HPV) खोप अभियान कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र समुदायमा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरी संचालन गर्ने नीति लिएको छ । साथै गत वर्षको एच.पि.भी. (HPV) खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पनि यो खोप दिईनेछ । सो नीति अनुरुप यस महानगरपालिका अन्तर्गतका १ देखि २९ से वडाका विद्यालयहरुमा तपसिल बमोजिमको विवरण अनुसार खोप अभियान संचालन हुनेछ । साथै उक्त अभियान सफल बनाउन आ-आफ्नो वडामा सहजिकरण गरी सहयोग गरिदिनु हुन समेत यसै पत्र साथ अनुरोध गरिन्छ ।
